२०८१ भाद्र २२, शनिबार
४ साउन,काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता जोगाउन आग्रह गर्दा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले हप्काएर पठाएपछि उपाध्यक्ष भिम रावलले सांसद पदबाट राजीनामा दिएको खुलाशा गरेका छन् ।
आज सोमबार ललितपुरस्थित् च्यासलमा सुरु भउको नेकपा एमालेको १० औँ बैठकका क्रममा अध्यक्ष ओलीले रावलले पार्टी एकता जोगाउने प्रयास गर्दा बरिष्ठ नेता नेपालले हप्कायपछी राजीनामा दिन बाध्ये भएको खुलाशा गरेका हुन् । ‘भीम रावलहरुले देउवालाई विश्वासको मत नहालौं, पार्टी एकताबद्ध बनाऔं भन्दा म विधि, निर्णय मान्दिनँ एक्लै भएपनि भोट हाल्छु भनेर हप्काएर पठाए’, ओलीले भने ।
त्यस्तै १० बुँदे सहमतिलाई पनि बरिष्ठ नेता नेपालले अस्वीकार गरेको अध्यक्ष ओलीले बताए । ‘हामीले १० बुँदे सहमति स्वीकार गर्यौं । तर माधव नेपालले मानेनन्’, उनले भने । अध्यक्ष ओलीले उपाध्यक्ष रावललाई राजीनामा फिर्ता लिनसमेत आग्रह गरेका छन् । रावलले हतारमा राजीनामा दिएको भन्दै ओलीले भने ‘हतारिएर किन राजीनामा दिएको रु सल्लाह गर्नुपर्ने । अझै पनि सकिन्छ भने राजीनामा फिर्ता लिनुस्’, ओलीले भने ।
हिजो आइतबार एमाले नेता रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar