२०८१ आश्विन २८, सोमबार
२ साउन,काठमाण्डौ – नेकपा माओवादी केन्द्र प्रदेश नं.२ सरकारमा सहभागी हुने भएको छ ।
माओवादी केन्द्रले एक मन्त्री र एक राज्यमन्त्री सहितको जिम्मेवारी पाउने भएपछी प्रदेश नं.२ सरकारमा जान लागेको हो । मन्त्रालयको बारेमा टुंगो नलागेपनि अर्थ मन्त्रालय वा कृषि मन्त्रालयमध्ये कुनै एउटा मन्त्री र राज्यमन्त्रीमा सहमति जुटेपछि सरकारमा जान माओवादी तयार भएको माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक दिलिप साहका अनुसार दलका नेता भरत साह मन्त्री र सांसद रुवी कर्ण राज्यमन्त्री बन्ने निर्णय माओवादी केन्द्रले गरिसकेको छ। त्यस्तै आजै दिँउसो ३ बजेका लागी मन्त्रीहरुको सपथग्रहण कार्यक्रम पनि तय भएको शाहले बताए ।
जसपा अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्त ठाकुर पक्षका भौतिक पूर्वाधार विकास मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरी गत जेठ २६ मा कांग्रेसलाई सरकारमा सहभागी गराउका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar