३१ असार,काठमाण्डौ – अभियुक्त छुटाइदिने भन्दै घुस लेनदेन गर्ने प्रहरी हवल्दार, भन्सार कर्मचारी लगायत तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरमा कार्यरत हवल्दार तारा कुमारी श्रेष्ठले भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरी प्रहरी बृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाई दिन्छु भनी घुस लिएकी थिइन् ।
गत २३ फागुनमा उनलाई अख्तियारले चाबहिलको वल्ड टाउन क्याफेबाट ६० हजार घुससहित पक्राउ गरेको थियो । सो रकम उनले क्याफेका सञ्चालक अनिश जोशीलाई राख्न दिएकी थिइन् । आयोगले जोशीलाई पनि पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई आयोगले तारेखमा राखेर अनुसन्धान गरेकोमा बिहीबार मुद्दा दायर गरेको हो ।
अनुसन्धानको क्रममा भन्सारका कर्मचारी राम खड्काको समय संलग्नता खुलेको छ । ६० हजारमध्ये ३० हजार खड्कालाई दिएका थिए । खड्काविरुद्ध समेत आयोगले मुद्दा दायर गरेको छ । उनी एयरपोर्ट भन्सार कार्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत् छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar