२०८१ आश्विन १, मंगलबार
३१ असार,काठमाण्डौ – नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीचको भेटबार्ताका क्रममा नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका छन् ।
आज बिहिबार एमालेका बरिष्ठ नेता नेपालसंग नेकपा महासचिव विप्लव र अर्का नेता धर्मेन्द्र बास्तोलाले भेट बार्ता गरिरहँदा उक्त भेटबार्तामा प्रचण्ड पनि सहभागी भएका हुन् ।
सरकारसँग तीनबुँदे सहमति गरेर २१ फागुन २०७७ मा शान्तिपूर्ण राजनीतिमा आएका विप्लव पार्टी नेता धर्मेन्द्र बास्तोलाका साथ नेपाल निवास कोटेश्वर पुगेका हुन् । शान्तिपूर्ण राजनीतिमा आएपछि दुई पटक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका विप्लवले बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निवासमै गएर भेटेका थिए ।
भेटबार्ताका क्रममा नेकपा महासचिव विप्लवले नेपालका कम्युनिष्ट शक्तीहरुबीच एकता गर्नुपर्ने अवस्था आएको बताएका छन् । उनले नेपालमा कम्युनिष्ट पार्टीको आबश्यकता रहेको भन्दै फेरी एकपटक कम्युनिष्ट शक्तीहरु एक हुनुपर्ने आवश्यकता भएको बताएका हुन् । कम्युनिष्ट पार्टीको एकताबारे बिप्लवले प्रस्ताव राखेपछी एमाले बरिष्ठ नेता नेपालले प्रचण्डलार्य खवर गरेका थिए । अहिले सोहि बिषयमा चारजना नेताहरुबीच छलफल भैरहेको बुझीएको छ ।
यसबाट नेपालसँगको भेटका लागि प्रचण्डले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको ठानिएको छ । आजको भेटबार्तालाई सवैले चासोका साथ हेरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar