२०८१ भाद्र २२, शनिबार
३१ असार,काठमाण्डौ – नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव कोटेश्वर पुगेका छन् ।
सरकार परिवर्तनलगत्तै हिजो (बुधबार) माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई खुमलटारमै पुगेर भेटेका विप्लवले आज (बिहिबार) एमाले बरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् ।
पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले शीर्ष नेताहरुसंग भेटवार्ता गरिरहेका छन् । नेपाल निवासमै पुगेर आज विप्लवसंगै अर्का नेता धर्मेन्द्र बॅास्तोलाले पनी नेपालसँग भेट गरेका छन् । भेटबार्ताका क्रममा विप्लवले नेता नेपालसँग पछिल्लो राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयबस्तुमा केन्दीत रहेर छलफल गरेको नेपाल निकट स्रोतले जनाएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग ३ बुँदे सहमति गरेपछि शान्ति प्रक्रियामा आएपनि विप्लवको माग भने पूरा भएको छैन । नेता कार्यकर्ताको रिहाइ लगायतका माग पूरा नभएको सन्दर्भमा उनले हिजो प्रचण्डसँग र आज नेता नेपालसंग सोही विषयमा छलफल गरेको बुझिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar