२०८१ आश्विन २८, सोमबार
३१ असार,काठमाण्डौ – सर्वोच्च अदालतको परमादेशपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् । संवैधानिक प्रावधानअनुसार अब प्रधानमन्त्री देउवाले २७ साउनभित्र संसदमा विश्वासको मत लिनु पर्ने हुन्छ ।
प्रधानमन्त्री देउवालाई विश्वासको मत पाउनका लागि संसदमा माधवकुमार नेपाल पक्षका नेताहरुले पनि मतदान गर्नु पर्ने हुन्छ । अन्यथा उनले विश्वासको मत पाउने छैनन् । उनले विश्वासको मत नपाएको खण्डमा फेरि प्रतिनिधिसभा विघटन हुनेछ र देशमा मध्यावधि निर्वाचन हुनेछ ।
पदभार सम्हालेको दोस्रो दिनदेखि नै देउवा अब संसदमा आफूले विश्वासको मत पुर्याउन लाग्न थालेका छन् । यसका लागि निवर्तमान प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको कदमविरुद्ध विपक्षी गठबन्धनलाई साथ दिएको नेपाल समूहको मुख्य भूमिका रहन्छ । अर्थात देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका एमालेको नेपाल समूहका २३ सांसदले विश्वासको मत दिँदा सरकारले प्रतिनिधि सभाको बाँकी डेढ वर्षको अवधि पूरा गर्नेछ ।
बुधबार देउवाले कोटेश्वर पुगेर नेता नेपाललाई भेटेका छन् । सो क्रममा नेता नेपालले देउवालाई विश्वासको मत दिने बचन दिए । नेपाल समूहका सांसद विरोध खतिवडा प्रतिनिधि सभाको निरन्तरताका लागि देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेका कारण देउवालाई विश्वासको मत नदिनुपर्ने कुनै कारण नै नरहेको बताउँछन् । ‘दुई – दुईपटक विघटन भएर पुनर्स्थापित भएको संसद पुरै कार्यकाल चलाउनु हाम्रो कर्तब्य हो,’ नेता नेपालको भनाइ उधृत गर्दै खतिवडाले भने, ‘रिट निवेदक २३ जनाको मत सरकारले पाउँछ, तपाईं ढुक्क हुनुस् ।’
यस्तो छ अबको प्रक्रिया !
संवैधानिक प्रावधानअनुसार अब प्रधानमन्त्री देउवाले २७ साउनभित्र संसदमा विश्वासको मत लिनु पर्ने हुन्छ । विश्वासको मत पाएपछि उनी प्रतिनिधि सभाको बाँकी कार्यकालका लागि प्रधानमन्त्री बन्नेछन् । उनीविरुद्ध अविश्वासको प्रस्ताव राख्न पाइनेछैन ।
तर, त्यसबीचमा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा भने देउवाले त्यसको एक महीनाभित्रमा प्रतिनिधि सभाबाट पुनः विश्वासको मत लिनुपर्नेछ । त्यस बखत देउवाले विश्वासको मत पाएनन् भने प्रतिनिधि सभा विघटन गरेर त्यसको ६ महीनाभित्र चुनाव गर्नुपर्नेछ ।
प्रतिनिधि सभाको बाँकी कार्यकालभर नै देउवा प्रधानमन्त्री रहे भने पनि अबको १७ महीनापछि हुने प्रतिनिधि सभाको आवधिक निर्वाचन देउवाले नै गराउनेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar