२०८१ भाद्र २२, शनिबार
२९ असार,काठमाण्डौ – नेकपा माओवादी केन्द्रले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ ।
आज मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सरकारमा कसलाई पठाउने भन्ने निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको हो । बैठकपछि एक नेताले भने – ‘सरकारको विषयमा काँग्रेससँग थप छलफल गर्ने निर्णय भएको छ, त्यसपछि मन्त्री तोक्न सकेसम्म अर्को स्थायी कमिटीको बैठक बोलाउने, नभ्याइए अध्यक्षले नै टुंगो लगाउने निर्णय भएको छ ।’ बैठकले प्रतिनिधिसभा विघटन बदर गर्ने परमादेश दिने सर्वोच्च अदालतलाई धन्यवाद पनि दिएको छ ।
त्यसैगरी गठबन्धन सरकार सञ्चालनका विधि र प्रक्रियाबारे काँग्रेससँग थप छलफल गर्ने निर्णय समेत भएको उनले जानकारी दिए । सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गर्दै काँग्रेस सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।
सोही अनुसार राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेकी छिन् भने आजै उनले सानो आकारको मन्त्रिपरिषद गठन गर्न लागेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar