२९ असार,काठमाण्डौ – नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ ।
सर्वोच्च अदालतको हिजो सोमवारको फैसला पछि अब कसरी अगाडि बढ्ने भन्नेबारे औपचारिक धारणा बनाउन आज दिउँसो १ बजे यी कमिटी बैठक बस्न लागेको हो । हिजो सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटन बदर गर्नुका साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।
सर्वोच्चको फैसला लगत्तै हिजो बसेको स्थायी कमिटी बैठकले अदालतको फैसलाले लोकतान्त्रिक प्रणाली र संसदीय प्रणालीका आधारभूत संरचनालाई खलबल्याउने काम गरेको निष्कर्ष निकालेको थियो । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले अदालतको फैसला अप्रिय र त्रुटिपूर्ण भए पनि फैसला कार्यान्वयन भने गर्ने बताएका थिए ।
सर्वोच्च अदालतको फैसला पछि राष्ट्रपति कार्यालयले आज कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र शपथ गराउने तयारी गरेको छ ।
साँझ ५ बजे प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गर्ने देउवाको तयारी
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar