२०८१ बैशाख १३, बिहिबार
२९ असार,काठमाण्डौ – सर्वोच्च अदालतको फैसलापछी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि काँग्रेस सभापति देउवाले आज साँझ ५ बजे प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गर्ने तयारी भएको हो । देउवाले केपी ओलीविरुद्ध गठबन्धन निर्माण गरेका सबै दललाई समेटेर सरकार बनाउने तयारी गरेका छन ।
सोमबार कोटेश्वरमा गठबन्धन बैठकले देउवाले सर्वोच्चको आदेश बमोजिम आज नै शपथ ग्रहण गर्ने र शपथका बेला सबै दलका नेतालाई समेटेर सानो आकारको मन्त्रिपरिषद् बनाउने सहमति गरेको बैठकमा सहभागी कांग्रेसले जनाएको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar