२८ असार,काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको प्रतिक्रिया दिएका छन् ।
सर्वोच्च अदालतले संसद विघटन सदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै अध्यक्ष थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको टिप्पणी गरेका हुन् ।
उनले ट्विटरमा लेखेका छन्, ‘सर्वोच्च अदालतमा आज गोरू व्यायो।’ साथै उनले राजनीतिक फैसला कार्यान्वयनमा जटिलता हुने र देश अस्थिरतामा फस्ने खतरा रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ७ जेठमा दोस्रो पटक संसद विघटन गरेका थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar