२०८१ भाद्र २३, आईतबार
२८ असार,काठमाण्डौ – जारी युरोकपको पाईनल खेलमा पेनाल्टी सुटआउटमा इटालीसँग इङ्ल्याण्ड ३ – २ ले पराजित भएको छ ।
लण्डनस्थित वेम्बली रंगशालामा सोमबार बिहान निर्धारित तथा अतिरिक्त समयको खेल १ – १ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलमा लुक शाले इङल्यान्डलाई खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । यता, इटलीबाट ६७ मिनेटमा लियोनार्दो बनुचीले बराबरी गोल फर्काएका थिए ।
तर अतिरिक्त समयमा भने दुबै टोलीले कुनै गोल गर्न सकेनन् । इटलीले युरोकप जितेको यो दोस्रो अवसर हो । यसअघि १९६८ मा इटलीले पहिलोपटक यो उपाधि जितेको थियो । सन् २००० र २०१२ मा भने फाइनल पुगेर इटली पराजित भएको थियो ।
यससँगै इटाली पछिल्ला ३४ खेलमा अपराजित पनि बन्न पुगेको छ । युरोकपमा इटालीले अहिलेसम्म सबै ७ खेल जित्यो, उसले समूह चरणमा टर्की र स्विट्जरल्यान्डलाई समान ३ – ० तथा वेल्सलाई १ – ० ले हराएको थियो । अन्तिम १६ मा अस्ट्रियालाई अतिरिक्त समयमा २ – १, क्वाटर फाइनलमा बेल्जियमलाई २ – १ र सेमिफाइनलमा स्पेनलाई टाई ब्रेकरमा ४ – २ ले हराएर इटाली फाइनलमा पुगेको थियो ।
यता, इङ्गल्यान्डले सुरुवाती खेलमा क्रोयशियाविरुद्ध प्रतिस्पर्धात्मक १ – ० को जित निकालेको थियो। दोस्रो खेलमा स्कटल्यान्डसँग गोलरहित बराबरी खेलेको इङ्गल्यान्ड समूह चरणको अन्तिम खेलमा चेक गणतन्त्रलाई १ – ० ले हराएको थियो । अन्तिम १६ मा जर्मनीलाई इङ्गल्यान्ड २ – ० ले हरायो । त्यस्तै, क्वार्टर फाइनलमा युक्रेनविरुद्ध ४ – ० को जित निकालेको थियो ।
डार्क हर्स मानिएको डेनमार्कलाई सेमिफाइनलमा २ – १ ले हराउँदै इङ्गल्यान्ड फाइनल पुगेको थियो । युरोपको फाइनलमा इङ्गल्यान्डले स्थान बनाएको यो पहिलो पटक थियो । १९६६ को विश्वकपपछि इङ्गल्यान्ड कुनै पनि ठुला प्रतियोगिताको फाइनलमा स्थान बनाएको यो पहिलो पटक भएको र यो अवसरलाई सदुपयोग गर्दै च्याम्पियन बन्ने उसको सपना भएपछि चकनाचुर बन्न पुगेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar