२७ असार,काठमाण्डौ – प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनितीमा बेईमानी गरेको आरोप लगाँउदै ७० जना कलाकर्मीहरुले एमाले पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
हिजो, शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आयोजित एक कार्यक्रममा एमालेका चर्चित कलाकर्मीहरु काँग्रेस प्रवेश गरेका हुन् । एमाले परित्याग गरी काँग्रेस प्रवेश गर्नेहरुमा गायक मोहन राई, मेनुका भुजेल, गंगाराज राई, प्रमेबहादुर लिम्बु, मित्रकुमार राई, चन्द्र कुमारी राई, कमल कुमार राई, दिपेश कुमार बान्तावा र दिपेनकुमार बान्तावा रहेका छन् ।
त्यस्तै आङ्गारिक शेर्पा, उद्देश्य राई, अजय राई, श्रीकृष्ण खड्का, विजय कुँवर, प्रदीप राई, सगुन मगर, अमिर बुढाथोकी, रामबहादुर विश्वकर्मा, विरुबहादुर विश्वकर्मा, अस्मिता मगर, प्रदीप बुढाथोकी, गणेश दशारा लगायतले एमाले छोडेर काँग्रेस प्रवेश गरेका हुन् । त्यस्तै यसअघि कुनै पार्टीमा नरहेका सुरेन्द्र केसी मुलासाग, महादेव त्रिपाठी जादुगर र मिलनकुमार श्रेष्ठले पनि काँग्रेसको सदस्यता लिएका छन् । काँग्रेस सभापति देउवाले उनीहरुलाई पार्टीमा स्वागत गर्दै सदस्यता प्रदान गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा बोल्दै कलाकारहरुले बर्तमान केपी ओलीले गरेको बेईमानीका कारण आफुहरु एमाले परित्याग गर्न बाध्ये भएको बताएका थिए ।
पार्टी प्रवेश कार्यक्रमा काँग्रेसको नेपाल सांस्कृतिक संघका अध्यक्ष तिर्थ थापा,महामन्त्रीद्वय शिवशंकर रिजाल, जोगिन्दर, र रोशन केसीको सहभागिता रहेको थियो । नेपाल सांस्कृतिक संघ समन्वयमा उनी काँग्रेस प्रवेश गरेका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar