२०८१ भाद्र २२, शनिबार
२५ असार,बैतडी – पहिरोका कारण गए रातिदेखि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।
वर्षाका कारण खोड्पे – बझाङ सडक खण्डअन्तर्गत ढोल्यामोडमा बिहीबार राति १० बजे खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको थियो ।
सडक माथिबाट खसेको पहिरो एस्काभेटरको सहयताले पन्छाएपछि आज दिउँसोदेखि राजमार्ग खुलेको प्रहरी निरीक्षक दर्शन खड्काले बताए । अवरुद्ध राजमार्ग करीब १४ घण्टापछि पुनःसञ्चालनमा आएको हो । राजमार्ग अवरुद्ध हुँदा बझाङतर्फ जाने गाडी र बझाङबाट अन्यत्रका लागि छुटेका गाडी बीचबाटामै रोकिएका थिए । रोकिएका गाडी र यात्रु राजमार्ग पुनःसञ्चालनमा आएसँगै आ – आफ्नो गन्तव्यतर्फ लागेका प्रहरीले जनाएको छ ।
पहिराका कारणले उक्त राजमार्ग बेलाबेलामा अवरुद्ध हुने गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar