२०८१ भाद्र २३, आईतबार
२५ असार,काठमाण्डौ – चर्चित फिल्म नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् ।
नायिका कुँवरले गएराती ८ बजे काठमाण्डौ थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा पाँसो लगाई आत्महत्या गरेकी हुन् । महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेका अनुसार उनको शव सोही अपार्टमेन्टभित्र भेटिएको हो । त्यस्तै प्रहरीको प्रारम्भिक अनुसन्धानमा पनी नायिका कुँवरले आत्महत्या गरेको खुलेको छ ।
‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी कुँवरले मैदान, जीवनदाता, कानून, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेऊलगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । लामो समय नयाँ दिल्लीमा बिताएकी जेनी त्त्यसयता नेपाली फिल्ममा व्यस्त थिइन् । उनको पछिल्लो फिल्म हलचल थियो ।
पछिल्लो समय साधुको अवतारमा रहेकी उनी आफ्नो अधिकांश समय पशुपति मन्दिर परिसरमा बिताउँथिन् । पशुपति परिसरमै प्रहरीसँग लफडा गरेर यकसमय उनी युट्यूवमा भाइरलसमेत भएकी थिइन् ।
प्रहरीले कुवँरको आत्महत्याको कारण डिप्रेसन भएको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा उनको आत्महत्या डिप्रेसनको कारण भएको पाइएको प्रहरी निरिक्षक न्यौपानेले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar