
२४ असार,काठमाण्डौ – नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलको बैठक अहिले बिहान पुन: बस्ने भएको छ।
एमाले एकता जोगाउन भन्दै केही समय अगाडि गठन भएको कार्यदल सोमबारदेखि फेरि सक्रिय भएको हो। यसअघि सोमबार र मंगलबार सम्पन्न बैठकमा पार्टी विवादका विषयलाई कसरी टुंगोमा पुर्याउने भन्नेमा छलफल भएको थियो।
कार्यदलका सदस्यहरुबीच अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच संयुक्त वक्तव्य जारी गर्ने विषयमा समेत छलफल भएको जनाइएएको छ। बुधबार बिहान ८ बजे बस्ने बैठकले त्यससम्बन्धमा ठोस निर्णय गर्न सक्ने एक नेताले बताए।
यसअघि मंगलबारको यस विषयमा समेत छलफल भएको थियो। थप गृहकार्य गरी आजको बैठकले यो विषय टुंगो लगाउने नेताहरुले बताएका छन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar