२०८१ भाद्र २२, शनिबार
२३ असार,काठमाण्डौ – ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्दै विज्ञापनले आमजनतालाई मग्न बनाउन सफल एनआईसी एसिया बैंकको फेरि अर्को ठगी धन्दा बाहिर आएको छ । खाताबाटै पैसा हराउने त कहिले विभिन्न शुल्कको नाममा विना जानकारी खाताबाट पैसा काटेको भन्ने व्यापक गुनासो आउने गरेको बैंकहरूको सूचीमा एनआईसी एसिया बैंक सधैँ अग्रस्थानमा रहँदै आएको छ ।
त्यस्तै गत असार १६ गते ग्राहकहरूले एनआईसी एसिया बैंकको कुलेश्वर शाखाबाट इ-सेवामा नगद ५–५ हजारका दरले हालेको पैसा पाँच दिन हुँदा समेत खातामा नपठाएपछि बैंकको अर्को कालो कर्तुत सार्वजनिक भएको आर्थिक दैनिकमा समाचार प्रकाशित् छ ।
सामान्यतया बैंकबाट इ-सेवामा हालेको पैसा तत्कालै जाने गर्दछ तर एनआईसी बैंकलाई पटक–पटक भन्दा समेत खातामा पैसा हाल्दिसकेको भन्ने गैरजिम्मेवार जवाफ दिएपछि पीडित सहयोगको लागि सम्पर्कमा आएका थिए । उनीहरूले भने, ‘एनआईसी एसिया बैंकलाई बैंक पनि साथी पनि भन्ने गरिन्थ्यो होइन रहेछ यो त बैंक पनि ठग पनि पो रहेछ ।’ आफूहरूले बैंकलाई पटक – पटक जानकारी दिँदा समेत पैसा खातामा नहालिदिएको गुनासो पीडितहरूको थियो ।
प्रविधिको जमानामा सरकारी सेवाहरूको पैसा तिर्न हरेक कार्यालय जानुभन्दा पैसा इ–सेवामा लोड गरेर त्यहीँबाट बिजुली धारा आदिको पैसा बुझाउन भनेका थिए । तर उल्टो दुःख पाएको पीडितहरूको गुनासो थियो । बैंकमार्फत हालेको पैसा इ–सेवाको आफ्नो खातामा नगएपछि इ–सेवालाई सम्पर्क गर्दा इ–सेवाले समेत एनआईसी बैंकबाट हालेको पैसा यस्तै हुन्छ भन्ने जवाफ दिएको पीडितहरूले बताए ।
पीडितहरूको गुनासोपछि एनआईसी एसिया बैंक कुलेश्वर शाखा प्रमुख शैलेश रावलसँग सम्पर्क गर्दा रावलले आफूलाई यो कुरा थाहा नभएको र शाखाकै अपरेसन शाखामा सम्पर्क गर्नु भनेर गैरजिम्मेवार जवाफ दिए । शाखामा सम्पर्क गर्दा शाखामा कार्यरत एलिना नाम बताउने कर्मचारीले बेलुकासम्म ‘हामी मिलाइदिन्छौँ’ भन्ने जवाफ दिइन् ।
पाँच दिनसम्म किन पैसा इ–सेवामा गएन भन्ने प्रश्नमा शाखाकी कर्मचारी एलिनाले आफ्नो शाखाबाट पैसा हालेको भए पनि के भएको हो भन्ने जवाफ आफ्नो शाखाले दिन नसक्ने र मुख्य कार्यालयमा सम्पर्क गर्नु भन्ने गैरजिम्मेवार उत्तर दिइन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar