• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० मंसिर २१, बिहिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नक्कली शरणार्थी प्रकरण: बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने

१७ घण्टा अघि
२

सेयर बजारमा सामान्य सुधार

१७ घण्टा अघि
३

कवाडी गोदाममा भएको आगलागीमा परेर घाइते भएका एक जनाको मृत्यु

१८ घण्टा अघि
४

औषधि पसललाई मापदण्डभित्र आउन काठमाडौं महानगरको निर्देशन

१८ घण्टा अघि
५

चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशत आर्थिक वृद्धि हुने राष्ट्र बैंकको अनुमान

१९ घण्टा अघि
६

न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु

१९ घण्टा अघि
७

श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

१९ घण्टा अघि
८

अनलाइनबाटै श्रम स्वीकृति लिन विभागको आग्रह

२० घण्टा अघि
९

सरकारले प्रविधिका क्षेत्रमा अपेक्षा गरेअनुसारको स्रोत प्रदान गर्न सकेको छैनः प्रधानमन्त्री दाहाल

२० घण्टा अघि
१०

राजस्व छलेर ल्याइएको ३३ बोरा चिनी बरामद

२० घण्टा अघि
११

एनसेलको सेयर खरिद–बिक्री प्रकरणमा कागजात संकलन गर्दै प्राधिकरण

२१ घण्टा अघि
१२

एनसेलका प्रमुख कार्यकारी अधिकृतलाई पत्र काट्नुपर्छः सांसद वाग्ले

२१ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • saroj yadav and rajendra sir १

    मधेस प्रदेशका मुख्यमन्त्री यादव र एकीकृत समाजावदीका उपाध्यक्ष पाण्डेबीच भेटवार्ता

    ३ हफ्ता अघि
  • mcc with CPN US photo २

    १२ बुँदे व्याख्यात्मक घोषणा अनुसार काम गर्न एमसिसि परियोजनालाई एकीकृत समाजवादीको निर्देशन

    १ हफ्ता अघि
  • ain mahar photo ३

    एमाले नेता ऐन महरको महिलासंगको यौन सम्बन्धी विवाद सामाजिक सञ्जालमा भाईरल : अडियोसहित

    ५ दिन अघि
  • aarati lama annfsu ४

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    १ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ५

    महाधिवेशनको मिति तय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ दिन अघि
  • cpn us sachiwalaya baithak ६

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै : यी हुन् बैठकका एजेण्डा

    ३ दिन अघि
  • salikram bhote ७

    बागमती प्रदेशमा सर्वदलिय बैठक बस्दै : राजनीतिक अवस्था र संसदीय समिति गठनका विषयमा छलफल हुने

    ३ दिन अघि
  • samajbadi bhukampa cheque ८

    भूकम्प पीडितका लागि एकीकृत समाजवादीद्वारा २५ लाखको चेक हस्तान्तरण

    ४ हफ्ता अघि
  • baburam bhattarai with prachanda ९

    माओवादी केन्द्रसँग पार्टी एकता गर्दै बाबुराम भट्टराई

    २ हफ्ता अघि
  • tiktok १०

    नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

    ३ हफ्ता अघि
  • एमाले कार्यदलको बैठक : मिल्ने टुंगो छैन , आ-आफ्नै अडान यथावत

    न्युज डेस्कप्रकाशित मिति: २०७८ अषाढ २३, बुधबार (२ साल अघि)
  • ७७४ पाठक संख्या
  • kp and madhav karyadal fch

    २३ असार,काठमाण्डौ – नेकपा (एमाले)को एकतालाई पुनर्जिवन दिन ब्युँताइएको कार्यदल आइतबारदेखि निरन्तर छलफलमा छ ।

    कार्यदलको आइतबार र सोमबार बसेको बैठक सकारात्मक भएको दुवै पक्षका नेताहरुले प्रतिक्रिया दिइरहेका छन् । एमाले नेता एवम् नेपाल पक्षबाट कार्यदल संयोजक रहेका भीम रावलले आइतबारको छलफलफलमा विषय प्रवेश नभएको र सोमबार त्यसमा छलफल भएको जानकारी दिए ।

    ‘संगठनात्मक प्रणालीसँग सम्बन्धित विषयमा पनि छलफल ग¥यौं,’ रावलले बैठकबारे संवाददाताहरुसँग भने, ‘अदालतको आदेशपछि नेकपा एमाले पुनर्जिवित भइसकेको अवस्थामा संगठनात्मक रुपमा जे जति समस्या थिए, त्यसको समाधान कसरी हुन्छ भनेर छलफल भयो । अब हामी कसरी अगाडि जान सक्छौं भनेर भोलि कुरा गर्छौं ।’

    ओली पक्षका संयोजक सुवास नेम्वाङले पनि कार्यदलको छलफल गहन, विस्तृत र विशाल भएको बताए । विभाजनउन्मुख एमालेका दुवै पक्ष सहमति खोज्न फेरि कार्यदलमार्फत जुटेपछि धेरै नेता कार्यकर्ताहरु उत्साहित पनि भएका छन् । तर, बाहिर भएको जत्तिको उत्साह भने छलफलमा दुवैक्षले अगाडि सारेका अडानबाट मिल्ने देखिदैन । कार्यदल ब्युँतिएपछिको पहिलो बैठकमा विषय प्रवेश नगरेकाले मंगलबार भएको बैठकमा अलि विस्तृतमा छलफल भएको छ । यो छलफल मुलतः तीन विषयको वरिपरि केन्द्रित छ, जहाँ दुवै पक्षले आ-आफ्ना अडान अघि सारेका छन् ।

    नेपाल पक्ष चाहान्छ सहमतिपछिको एमालेमा आफ्नो सम्मानजनक स्थान होस् । त्यसको अर्थ नेता नेपाल पनि पार्टीको निर्णायक पोजिसनमा रहुन् । नेपाल पक्षले पार्टीमा नेता नेपाललाई कार्यवाहक अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद वा पार्टीका महत्वपूर्ण निर्णयमा दुवै नेताको हस्ताक्षर हुनुपर्ने सहमति बनोस् भन्ने चाहान्छ । अर्थात, माधव नेपालले ‘नो’ भनेका निर्णय कार्यान्वयनमा जाने अवस्था नहोस् ।

    तर, संस्थापन पक्ष यस्ता कुरामा सहमति गर्न तयार छैन् । पार्टीभित्र केपी ओलीको मुट्ठी बाँध्ने गरि कुनै पनि सहमति नहुने कार्यदलमा रहेका ओली पक्षका एक नेता बताउँछन् । पार्टी मिल्दा र नमिल्दा पनि केपी ओलीलाई ‘सेन्टर पावर’ बनाउने कुरामा दायाँ–बायाँ गर्न नसकिने उनको भनाइ छ । ‘केपी ओलीलाई सेन्टर पावर बनाउने विषय नै मुख्य हो,’ उनको भनाइ छ, ‘पार्टी मिल्दा पनि र नमिल्दा पनि केपी ओलीलाई नै सेन्टर पोइन्ट बनाएर जाने कुरा हो, यसमा दायाँ–बायाँ गर्न सकिन्न ।’

    नेपाल पक्ष चाहान्छ– पार्टीका सबै कमिटीलाई २०७५ जेठ २ गते अघिको अवस्थाबाट क्रियाशील गराउन गराइयोस् । २०७५ जेठ ३ गते नेकपा एकताअघि एमालेको अन्तिम बैठकबाट मनोनीत भएका ४१ सदस्यलाई पनि सहमतिको आधारमा मात्र समावेश गरियोस् । त्यस्तै रामबहादुर थापा (बादल)सहित माओवादी पक्षबाट नेकपा विघटनसँगै एमाले बनेका २३ जना नेताहरूलाई पनि सामेल गर्ने विषयमा पछि मात्रै निर्णय लिने अहिले नमान्ने ।

    यी विषयलाई अडान बनाउँदै नेपाल पक्षले असार १८ गते बोलाइएको केन्द्रीय कमिटी बैठकमा सहभागी भएन । तर, ओली पक्ष नेपाल पक्षको यस्तो अडानलाई स्वीकार गर्न तयार छैन् । जेठ २ मा आंशिक रुपमा फर्किए पनि पूर्णरुपमा त्यही जाने भन्ने कुरा मान्न नसकिने अडान ओली पक्षको छ । बरु मिलन बिन्दूको रुपमा नेकपाकालीन कमिटी ब्युँताउन सकिने ओली पक्षबाट कार्यदल सदस्य रहेका ती नेता बताउँछन् । ‘भाषा जे सुकै राखे पनि नेकपाकालीन कमिटी ब्युँताउने भन्ने कुरामा जाने हो,’ उनी भन्छन्, ‘तर पूर्ण रुपमा जेठ २ कै कमिटी क्रियाशिल बनाउने भन्ने कुरा बेक्कार हो ।’

    माधव पक्ष बादल समूह र ४१ जना नेकपामा थपिएका एमालेहरुबाहेकको पहिलो बैठक राख्ने र केन्द्रीय कमिटीमा नवौं महाधिवेशनबाट निर्वाचित भएको अनुपातमा आफ्नो पक्षबाट पनि सदस्यहरु थपेरमात्र टुंगो लगाउनु पर्ने पक्षमा छ । अहिले कार्यदल यीनै विषयमा अल्झिएको छ । दोस्रो पटक संसद विघटन भएको विषयमा सर्वोच्च अदालतमा मा मुद्दा परेपछि त्यसको सुनुवाई समेत सकिएको छ । नेपाल पक्षसमेत शेरबहादुर देउवाको पक्षमा रिट लिएर सर्वोच्चमा गएको थियो । सर्वोच्चले यस विषयमा २८ गते फैसला गर्दैछ ।

    ओली पक्षले सर्वोच्च अदालको फैसला जे आउँछ त्यसमा पार्टीको संस्थागत धारणा बनाउने र अगाडि बढ्ने प्रस्ताव ल्याएको छ । यदि सर्वोच्चले संसद पुर्नस्थापित गरिदिएको खण्डमा सरकार कसको हुने भन्नेमा दुवै पक्षबीच विवाद छ । ओली पक्ष संसद पुर्नस्थापित भएको खण्डमा पनि अहिले कै सरकारलाई निरन्तरता दिने भन्ने निर्णय कार्यदलबाट गराउन चाहान्छ । तर, नेपाल पक्ष एमाले कै नेतृत्वमा सरकार बनाउन प्रयास गर्ने भन्ने भाषा राख्नेमा जोड गरिरहेको छ ।

    सरकार एमालेकै बनाउने तर प्रधानमन्त्रीका रुपमा ओलीको निरन्तरता नहोस् भन्ने नेपाल पक्ष चाहान्छ । कार्यदलको बैठक भोलि फेरि बस्दै छ । भोलिको बैठकले यी बिषयलाई कतिको छिमोल्न सक्छ भन्ने कुराबाट नै एमालेले पुर्नजीवन पाउँछ या पाउँदैन भन्ने टुंगिने छ ।

  • subhayug
  • कार्यदल
  • नेकपा एमाले
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • नक्कली शरणार्थी प्रकरण: बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने

  • सेयर बजारमा सामान्य सुधार

  • कवाडी गोदाममा भएको आगलागीमा परेर घाइते भएका एक जनाको मृत्यु

  • औषधि पसललाई मापदण्डभित्र आउन काठमाडौं महानगरको निर्देशन


  • समाचार
  • १

    नक्कली शरणार्थी प्रकरण: बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने
    १७ घण्टा अघि

  • २

    सेयर बजारमा सामान्य सुधार
    १७ घण्टा अघि

  • ३

    कवाडी गोदाममा भएको आगलागीमा परेर घाइते भएका एक जनाको मृत्यु
    १८ घण्टा अघि

  • ४

    औषधि पसललाई मापदण्डभित्र आउन काठमाडौं महानगरको निर्देशन
    १८ घण्टा अघि

  • ५

    चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशत आर्थिक वृद्धि हुने राष्ट्र बैंकको अनुमान
    १९ घण्टा अघि

  • ६

    न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु
    १९ घण्टा अघि

  • ७

    श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ
    १९ घण्टा अघि

  • ८

    अनलाइनबाटै श्रम स्वीकृति लिन विभागको आग्रह
    २० घण्टा अघि

  • ९

    सरकारले प्रविधिका क्षेत्रमा अपेक्षा गरेअनुसारको स्रोत प्रदान गर्न सकेको छैनः प्रधानमन्त्री दाहाल
    २० घण्टा अघि

  • १०

    राजस्व छलेर ल्याइएको ३३ बोरा चिनी बरामद
    २० घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    aarati lama annfsu
    १ हफ्ता अघि

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    सामाजिक सञ्जालबाट
    १

    तालिबान राजदूतलाई आधिकारिक मान्यता दिने पहिलो देश बन्यो चीन

    शुभयुग सम्वाददाता
    २

    करणी सेनाका राष्ट्रिय अध्यक्ष सुखदेव सिंहको गोली हानी हत्या

    शुभयुग सम्वाददाता
    ३

    भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु

    शुभयुग सम्वाददाता
    ४

    फिलिपिन्स विश्वविद्यालयमा विस्फोट हुँदा ४ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution