२०८१ आश्विन २८, सोमबार
२२ असार, काठमाण्डौ – बागमती प्रदेशका पमुख प्रतिपक्षी दलका नेता शालिकराम जमकट्टेलले पहिला पुर्बाधार संरचना बनाएर मात्र विद्युतिय बस खरिद गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।
हिजो सोमवार, प्रदेशको एक अन्तरक्रिया कार्यक्रममा बोलेको एक भिडियो क्लिप सामाजिक संजालमा भाईरल भएसंगै केहि ब्यक्तिहरुले त्यको गलत प्रचार र ब्याख्या गरेको भन्दै सामाजिक संजाल फेृसबुक मार्फत नेता जमकट्टेलले पुर्बाधार बनायर मात्र बस खरिद गरौ भन्नु गलत नभएको प्रतिक्रिया दिएका हुन् । नेता जमकट्टेलले फेसबुकमा लेखेका छन् –
‘बागमती प्रदेश सरकार ले अगाडी बढाएको बिधुतीय बस खरीद प्रकृया भित्र लुकेको रहस्य सबैले बुझेका छन । चार्जिङ स्टेशन लगाएतका पुर्बाधारहरू कुन ठाउँ मा हो ? कहिले बन्छ कुनै ठेगान छैन ।हतार हतारमा बस खरीद गरेर ल्याऊ र जनकपुरमा रेल त्रिपाल ले छोपेर राखे जस्तै बस पनि त्रिपालले छोपेर राखुला बस नचलेर सरकारलाई केही फरक पर्देन ।बस खरीद गर्दा को उद्देश्य त पुरा भईहाल्छ । हामी ले पहिला पुर्बाधार बनाओै अनि बस खरिद गरौ भन्नु गलत हो !’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar