२०८१ आश्विन १, मंगलबार
२२ असार,काठमाण्डौ – काठमाण्डौ उपत्यकामा आजदेखि निषेधाज्ञा थप खुकुलो भएको छ ।
आजदेखि निषेधाज्ञा थप खुकुलो भएसंगै आगामी असार ३१ सम्म जारी हुने निषेधाज्ञामा सबै किसिमका सवारी साधनहरु चल्न पाउने छन् ।
सार्वजनिक सवारी साधनहरुमा सिट क्षमताअनुसारको यात्रु राख्ने र स्वास्थ्य मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गरेर सञ्चालन गर्न भनिएको छ ।
त्यस्तै किराना पसल लगायत अन्य सबै किसिमका पसलहरु पनि निर्वाध रुपमा सञ्चालन हुन पाउने छन् । कोरोना संक्रमण दर नघटिसकेको कारणले विद्यालय, कलेज, दोहोरी साँझ, डान्सबार, पार्टी प्यालेस लगायत अन्य भीडभाड हुने क्षेत्र भने खुलाइएको छैन ।
सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना भएको नभएको बाष्रे प्रशासनले अनुगमन गर्ने छ । तोकिएको मापदण्ड पालना नगरिएको भेटिए कारवाही गरिने बताइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar