२०८१ आश्विन १, मंगलबार
२० असार,काठमाण्डौ – मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला भएको दुई दिनमा करिब १० लाखले आवेदन दिएका छन् ।
शुक्रबार दोस्रो दिन बिहान साढे १० बजेसम्म ९ लाख ९६ हजार ३ सय ३८ जनाको आवेदन परेको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको हो ।
क्यापिटलका अनुसार सो आवेदनबाट एक करोड ३३ लाख ४७ हजार २ सय २० कित्ता सेयर माग भएको छ । जुन संस्थाले सर्वसाधारणका लागि माग गरेको भन्दा ३९.६७ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा तीन लाख ३६ हजार ४ सय ९२ कित्ता सेयर मात्रै बिक्री गरेको हो ।
बिहीबारदेखि बिक्री खुला भएको संस्थाको आईपीओमा आगामी २५ असारसम्म आवेदन दिन सकिनेछ । ३ करोड ८९ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवसिंह विष्टले जानकारी दिए ।
विष्टका अनुसार प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका तीन लाख ८९ हजार ४ सय ९२ कित्ता साधारण सेयर बिक्री खुला भएको छ । यसमध्ये जारी पुँजीको शुन्य ५ प्रतिशत अर्थात १९ हजार ४ सय ५० कित्ता सेयर सामूहिक लगानीका लागि र ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेको ३ लाख ६३ हजार ४ सय ९२ कित्ताको लागि सर्वसाधारणका लागि बिक्री खुला गरिएको सो कम्पनीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar