२०८१ भाद्र २३, आईतबार
१५ असार,काठमाण्डौ – बुधबारबाट नेपालको तराई क्षेत्रमा मनसुन बढी सक्रिय हुने भएको छ ।
मनसुनी न्यून चापीय रेखा नेपालको तराई नजिक हुने भएकाले प्रदेश नं.१, प्रदेश नं.२, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहने मौमम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
वर्षाका कारण पहाडी भू भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar