२०८१ आश्विन २५, शुक्रबार
१४ असार,काठमाण्डौ – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विभिन्न समस्याग्रस्त सहकारीको सुचीमा रहेका सहकारीहरुको ऋण लिएर फरार रहेका ऋणीहरुलाई ३५ दिने सुचना जारी गरेको छ ।
नेपाल सरकारको भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विभिन्न समस्याग्रस्त सहकारीको सुचिमा रहेका ९ वटा सहकारीको ऋण लिएर नतिर्ने लाभग्राहीहरुलाई ३५ दिन भित्र ऋण बुझाउन ताकेता गरेको हो ।
व्यवस्थापन समितिका अनुसार स्टाण्डर्ड सेभिङ्ग एण्ड क्रेडिट का–अपरेसन लिमिटेड, प्यासिफिक सेभिङ्ग एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कोहिनुर हिल सेभिङ्ग एण्ड क्रेडिट को–अपरेसन लिमिटेड, कन्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटड, चार्टर सेभिङ्ग एण्ड का–अपरेटिभ लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्टाण्डर्ड मल्टिपर्पोज को –अपरेटिभ लिमिटेड, सोसाईटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र लुःनिभा बहुउदेश्यीय सहकारी संस्था लिमिटेड सहकारीबाट ऋण लिएर अहिलेसम्म नतिरेका ऋणीलाई ३५ दिने सुचना जारी गरेको हो ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ३५ दिन भित्र ऋण चुक्ता नगरेमा ऋणी र निजका परिवार तथा जमानीकर्ताको नाममा रहेका चल अचल सम्पत्तिबाट असुली गर्ने चेतावनी समेत दिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar