• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० मंसिर २१, बिहिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नक्कली शरणार्थी प्रकरण: बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने

१३ घण्टा अघि
२

सेयर बजारमा सामान्य सुधार

१३ घण्टा अघि
३

कवाडी गोदाममा भएको आगलागीमा परेर घाइते भएका एक जनाको मृत्यु

१४ घण्टा अघि
४

औषधि पसललाई मापदण्डभित्र आउन काठमाडौं महानगरको निर्देशन

१४ घण्टा अघि
५

चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशत आर्थिक वृद्धि हुने राष्ट्र बैंकको अनुमान

१५ घण्टा अघि
६

न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु

१५ घण्टा अघि
७

श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

१५ घण्टा अघि
८

अनलाइनबाटै श्रम स्वीकृति लिन विभागको आग्रह

१६ घण्टा अघि
९

सरकारले प्रविधिका क्षेत्रमा अपेक्षा गरेअनुसारको स्रोत प्रदान गर्न सकेको छैनः प्रधानमन्त्री दाहाल

१६ घण्टा अघि
१०

राजस्व छलेर ल्याइएको ३३ बोरा चिनी बरामद

१६ घण्टा अघि
११

एनसेलको सेयर खरिद–बिक्री प्रकरणमा कागजात संकलन गर्दै प्राधिकरण

१७ घण्टा अघि
१२

एनसेलका प्रमुख कार्यकारी अधिकृतलाई पत्र काट्नुपर्छः सांसद वाग्ले

१७ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • saroj yadav and rajendra sir १

    मधेस प्रदेशका मुख्यमन्त्री यादव र एकीकृत समाजावदीका उपाध्यक्ष पाण्डेबीच भेटवार्ता

    ३ हफ्ता अघि
  • mcc with CPN US photo २

    १२ बुँदे व्याख्यात्मक घोषणा अनुसार काम गर्न एमसिसि परियोजनालाई एकीकृत समाजवादीको निर्देशन

    १ हफ्ता अघि
  • ain mahar photo ३

    एमाले नेता ऐन महरको महिलासंगको यौन सम्बन्धी विवाद सामाजिक सञ्जालमा भाईरल : अडियोसहित

    ५ दिन अघि
  • aarati lama annfsu ४

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    १ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ५

    महाधिवेशनको मिति तय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ दिन अघि
  • cpn us sachiwalaya baithak ६

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै : यी हुन् बैठकका एजेण्डा

    २ दिन अघि
  • salikram bhote ७

    बागमती प्रदेशमा सर्वदलिय बैठक बस्दै : राजनीतिक अवस्था र संसदीय समिति गठनका विषयमा छलफल हुने

    ३ दिन अघि
  • samajbadi bhukampa cheque ८

    भूकम्प पीडितका लागि एकीकृत समाजवादीद्वारा २५ लाखको चेक हस्तान्तरण

    ४ हफ्ता अघि
  • baburam bhattarai with prachanda ९

    माओवादी केन्द्रसँग पार्टी एकता गर्दै बाबुराम भट्टराई

    २ हफ्ता अघि
  • tiktok १०

    नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

    ३ हफ्ता अघि
  • ७१ स्थानीय तहले बजेट पेस गर्न सकेनन्

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ अषाढ १२, शनिबार (२ साल अघि)
  • ९८१ पाठक संख्या
  • local goverment bazet

    १२ असार,काठमाण्डौ – देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ७२ स्थानीय तहले आगामी आर्थिक वर्ष ०७८/०७९ को बजेट तोकिएको समयमा ल्याउन सकेनन् ।

    नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघको तथ्यांकअनुसार ६ सय ८१ स्थानीय तहले मात्रै बजेट ल्याएका छन् । कानून अनुसार हरेक वर्ष असार १० गतेभित्र स्थानीय तहले वार्षिक बजेट सार्वजनिक गर्नुपर्छ । तर, ७२ स्थानीय तहले यो म्यादभित्र बजेट ल्याउन नसकेका हुन् । ७ वटै प्रदेशका ४ सय ६० गाउँपालिकामध्ये ४१७ अर्थात ९१ प्रतिशत गाउँपालिकाले बजेट सार्वजनिक गरे पनि ४० वटा अर्थात् ९ प्रतिशत गाउँपालिकाले ल्याएका छैनन् ।

    महासघका अनुसार अनुसार ३ वटा गाउँपालिकाले बजेट ल्याए–नलाएको जानकारी नै छैन । सम्पर्कमा नरहेकामध्ये २ वटा गाउँपालिका लुम्बिनी प्रदेशका र एउटा गण्डकी प्रदेशका गाउँपालिका रहेको महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

    सबैभन्दा बढी ३४ प्रतिशत प्रदेश २ का गाउँपालिकाले बजेट ल्याउन नसकेको पाइएको छ । प्रदेश २ का जम्मा ५९ वटा गाउँपालिकामध्ये ६६ प्रतिशत अर्थात ३९ गाउँपालिकाले बजेट ल्याए भने ३० स्थानीय तहले बजेट ल्याउन सकेनन् । दोस्रोमा कर्णाली प्रदेशका १३ प्रतिशत गाउँपालिकाले पनि बजेट ल्याउन सकेनन् । जम्मा ५४ गाउँपालिकामध्ये ८७ प्रतिशत अर्थात ४७ गाउँपालिकाले बजेट ल्याए पनि ७ वटा स्थानीय तहले ल्याउन नसकेका हुन् ।

    यस्तै गण्डकी प्रदेशका ७ प्रतिशत गाउँपालिकाले बजेट ल्याउन सकेनन् । जम्मा ५८ गाउँपालिकामध्ये ९१ प्रतिशत अर्थात ५३ ले ल्याए भने ४ वटाले ल्याउन सकेनन् । गण्डकी प्रदेशको एउटा गाउँपालिका भने सम्पर्कमा नआएको गाउँपालिका राष्ट्रिय महासंघले जनाएको छ । यस्तै प्रदेश १ र बागमती प्रदेशका ५–५ प्रतिशत गाउँपालिकाले बजेट ल्याएनन् ।

    प्रदेश १ मा जम्मा ८८ गाउँपालिकामध्ये ८४ ले ल्याए भने ४ वटाले ल्याउन सकेनन् । बागमती प्रदेशका ७४ गाउँपालिकामध्ये ७० ले बजेट सार्वजनिक गर्दा ४ गाउँपालिकाले गर्न सकेनन् । सुदूरपश्चिम प्रदेशका जम्मा ५४ गाउँपालिकामध्ये ५३ ले बजेट ल्याए भने एउटाले ल्याउन सकेन । लुम्बिनी प्रदेशका ७३ गाउँपालिकामध्ये ७१ ले बजेट ल्याए भने २ वटा गाउँपालिका सम्पर्कमा नआएको महासंघले जनाएको छ ।

    नेपाल नगरपालिका संघको तथ्यांकअनुसार ७ वटै प्रदेशमा २ सय ७६ नगरपालिका, ११ उपमहानगरपालिका र ६ महानगरपालिकामध्ये ९० प्रतिशत अर्थात २ सय ६४ ले आगामी आर्थिक वर्ष २०७८÷०७८ को बजेट सार्वजनिक गरे । तर १० प्रतिशत अर्थात २९ स्थानीय तहले भने तोकिएको समयमा बजेट सार्वजनिक गर्न नसकेको नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी प्रदेश २ का २१ नगरपालिकाले बजेट ल्याउन सकेनन् । प्रदेश २ का ७७ नगरपालिकामध्ये ४८ स्थानीय तहले बजेट नल्याएको व्याञ्जुले बताए ।

    नेपाल नगरपालिका संघका अनुसार प्रदेश २ मा बजेट सार्वजनिक नगर्ने स्थानीय तहमा एउटा उपमहानगरपालिका पनि रहेको छ । बाराको कलैया उपमहानगरपालिकाले बजेट ल्याएको छैन । बाँकी नगरपालिकामा खडक नगरपालिका, डाक्नेश्वरी नगरपालिका, बोदे बरसाइन नगरपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका, धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका, कर्जन्हा नगरपालिका, मिथिला बिहारी नगरपालिका, विदेह नगरपालिका, हंसपुर नगरपालिका, औरही नगरपालिका रहेका छन् ।

    यस्तै बजेट नल्याउनेमा बलवा नगरपालिका, भँगाहा नगरपालिका, रामगोपालपुर नगरपालिका, लोहरपट्टी नगरपालिका, बलरा नगरपालिका, गरुडा नगरपालिका, सिम्रौनगढ नगरपालिका, पर्सागढी नगरपालिका र बहुदरमाई नगरपालिका रहेका छन् । प्रदेश १ जम्मा ४९ नगरपालिकामध्ये ४५ ले बजेट ल्याए पनि ४ वटा नगरपालिकाले सकेका छैनन् । प्रदेश १ का बजेट नल्याउनेमा चैनपुर नगरपालिका, पाँचखपन नगरपालिका, लालिगुँरास नगरपालिका रहेका छन् । यस्तै तेस्रोमा कर्णाली प्रदेशका २५ वटा नगरपालिकामध्ये २३ नगरपालिकाले बजेट सार्वजनिक गरे पनि २ वटा नगरपालिकाले बजेट ल्याएनन् । जसमा बागचौर नगरपालिका र ठूलो भेरी नगरपालिका रहेका छन् ।

    बागमती प्रदेशका ४५ नगरपालिकामध्ये ४४ ले ल्याउँदा एउटा मात्रै भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले बजेट ल्याउन सकेन । गण्डकी प्रदेशका २७ नगरपालिकामध्ये २६ ले बजेट ल्याउँदा भानु नगरपालिकाले पनि बजेट ल्याएन । तर लुम्बिनी प्रदेशका ३६ वटै र सुदूरपश्चिमका ३४ वटै नगरपालिकाले तोकिएकै समयमा बजेट सार्वजनिक गरेका छन् ।

  • subhayug
  • गाउँपालिका
  • नगरपालिका
  • स्थानीय तह
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • नक्कली शरणार्थी प्रकरण: बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने

  • सेयर बजारमा सामान्य सुधार

  • कवाडी गोदाममा भएको आगलागीमा परेर घाइते भएका एक जनाको मृत्यु

  • चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशत आर्थिक वृद्धि हुने राष्ट्र बैंकको अनुमान


  • समाचार
  • १

    नक्कली शरणार्थी प्रकरण: बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने
    १३ घण्टा अघि

  • २

    सेयर बजारमा सामान्य सुधार
    १३ घण्टा अघि

  • ३

    कवाडी गोदाममा भएको आगलागीमा परेर घाइते भएका एक जनाको मृत्यु
    १४ घण्टा अघि

  • ४

    औषधि पसललाई मापदण्डभित्र आउन काठमाडौं महानगरको निर्देशन
    १४ घण्टा अघि

  • ५

    चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशत आर्थिक वृद्धि हुने राष्ट्र बैंकको अनुमान
    १५ घण्टा अघि

  • ६

    न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु
    १५ घण्टा अघि

  • ७

    श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ
    १५ घण्टा अघि

  • ८

    अनलाइनबाटै श्रम स्वीकृति लिन विभागको आग्रह
    १६ घण्टा अघि

  • ९

    सरकारले प्रविधिका क्षेत्रमा अपेक्षा गरेअनुसारको स्रोत प्रदान गर्न सकेको छैनः प्रधानमन्त्री दाहाल
    १६ घण्टा अघि

  • १०

    राजस्व छलेर ल्याइएको ३३ बोरा चिनी बरामद
    १६ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    aarati lama annfsu
    १ हफ्ता अघि

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    सामाजिक सञ्जालबाट
    १

    तालिबान राजदूतलाई आधिकारिक मान्यता दिने पहिलो देश बन्यो चीन

    शुभयुग सम्वाददाता
    २

    करणी सेनाका राष्ट्रिय अध्यक्ष सुखदेव सिंहको गोली हानी हत्या

    शुभयुग सम्वाददाता
    ३

    भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु

    शुभयुग सम्वाददाता
    ४

    फिलिपिन्स विश्वविद्यालयमा विस्फोट हुँदा ४ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution