
११ असार,डोटी – डोटीको पूर्वीचौकी गाउँपालिकाको कार्यालयमा स्थानिय युवाहरुले तालाबन्दी गरेका छन् ।
गाउँपालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेट, गाउँपालिकाका अध्यक्षले आफू निकटका व्यक्तिलाई दिई भ्रष्टाचार गरेको आरोप लगाउँदै स्थानीय युवाले गाँउपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् ।
गाउँपालिका अध्यक्षले सबै वडाका युवा समावेस गरिएको समितिलाई बेवास्ता गर्दै केहि दिनअघी उक्त बजेट अवैधानिक रूपमा आफू अनुकूलको समितिलाई दिएका थिए । उता गाँउपालिकाले गठन गरेको गाँउपालिका स्तरिय युवा समितीले बजेट नपाउने स्थितीपछी, युवाहरुको समुह गाउँपालिकालाई सल्लाह सुझाव दिन गाँउपालिका कार्यालय गएको थियो । तर सुझाव दिन जाँदा आफ्ना माग र सुझावलाई अटेर गरेपछि युवाहरुको समुहले गाँउपालिका कार्यालयमा तालाबन्दी गरिएको स्थानीय यूवा भुवन कठायतले जानकारी दिए ।
उनका अनुसार युवाहरुको समूहले गाउँपालिकाको कार्यालयमा लगाइएको ताला खोल्ने विषयमा अहिले मिटिङ् बोलाइएको छ । कठायतका अनुसार गाँउपालिकाले रु.पाँच लाख बराबरको बजेट बिनियोजन गरेको थियो ।
उता गाँउपालिका अध्यक्ष दीर्घराज बोगटीले पनि बजेटबारे अहिले मिटिङ् बोलाइएको बताएका छन् । उनले भने, “गाउँपालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताका लागि रु पाँच लाख रकम बिनियोजन भएको थियो, सो विषयमा केही असन्तुष्ट भएकाहरूले तालाबन्दी गरेको भन्ने सुनेको छु, सबैलाई बोलाएको छु, गुनासा सम्बोधन गरेर तालाबन्दी खोलिने छ ।”
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar