• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० आश्विन ८, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

६० किलो सुन तस्करी प्रकरणमा १३ प्रतिवादीको बयान सकियो

१४ घण्टा अघि
२

सेयर बजारमा दोहोरो अङ्कको गिरावट, २ अर्ब ३२ करोड रुपैयाँको कारोबार

१४ घण्टा अघि
३

भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानून निर्माण गर्न आवश्यक छ: सञ्चार मन्त्री शर्मा

१५ घण्टा अघि
४

सुन प्रकरणको अनुसन्धानमा सरकारले हस्तक्षेप गर्दैनः गृहमन्त्री श्रेष्ठ

१५ घण्टा अघि
५

‘इन्डो प्यासिफिक’ सैनिक सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत प्रस्थान

१५ घण्टा अघि
६

गठबन्धन जोगाउनु मात्र उपलब्धि होइनः प्रदीप पौडेल

१५ घण्टा अघि
७

सरकारले घोषणा गरेको पुरस्कार रकम अझै पाएका छैनौंः कप्तान पौडेल

१७ घण्टा अघि
८

बाराको सिम्रौनगढ नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता

१७ घण्टा अघि
९

प्रधानमन्त्री दाहाल बेइजिङमा

१७ घण्टा अघि
१०

पानीमा डुबेर एक बालकको ज्यान गयो

१७ घण्टा अघि
११

अप्पर लोहोरे खोलाको आइपीओ नेप्सेमा सूचिकृत

१८ घण्टा अघि
१२

सामान्य बढयो सुनको भाउ

१८ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • Facebook_creation_11637382 १

    धादिङमा चाडपर्व लक्षित बजार अनुगमन

    १ हफ्ता अघि
  • amrit neupane thag २

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    ३ हफ्ता अघि
  • surya jyoti ३

    सुर्यज्योती लाईफको अभिकर्ता सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

    ४ हफ्ता अघि
  • rajendra pandey nirwachan ४

    एमसीसी अनुगमन गर्न राजेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन

    २ हफ्ता अघि
  • rajendra pande ५

    सुवास नेम्वाङ्गको निधनले अत्यन्त दुःखित छु : उपाध्यक्ष पाण्डे

    १ हफ्ता अघि
  • akikrit-samajwadi-office ६

    एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य विश्वकर्माको हृदयघातबाट निधन

    १ हफ्ता अघि
  • gyanendra shahi fnj ७

    पत्रकारमाथी सांसद शाहीको धम्की स्वतन्त्र पत्रकारितामाथिको ज्यादती : पत्रकार महासंघ

    ४ हफ्ता अघि
  • suman thapa ८

    अव आँखा पाक्ने रोगको संक्रमण कम हुन्छ : डा.थापा

    २ हफ्ता अघि
  • mukunda rijal ९

    काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

    २ हफ्ता अघि
  • samsad adhibeshan १०

    प्रतिनिधिसभाको बैठक बस्दै : आज चार मन्त्रीले जवाफ दिने

    २ हफ्ता अघि
  • ओलीविरुद्ध पछिसम्मै सहकार्य गर्न विपक्षी गठबन्धन प्रतिबद्ध

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ अषाढ ११, शुक्रबार (२ साल अघि)
  • ९६९ पाठक संख्या
  • gathabandhan

    ११ असार,काठमाण्डौ –  प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध संगठित भएको विपक्षी गठनबन्धनले यो सहकार्य ओलीलाई सत्ताबाट हटाउनमात्र सिमित नहुने प्रष्ट पारेको छ ।

    गठबन्धनका शीर्ष नेताले सम्पादकहरुसँगको छलफलमा गठबन्धन अरु केही वर्ष सँगै जाने संकेत गरे । बिहीबार संसद भवन नयाँ बानेश्वरमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल (प्रचण्ड),उपेन्द्र यादव र माधवकुमार नेपालले आफूहरु ओलीविरुद्ध कम्तिमा आउने चुनावसम्म सहकार्यमा रहने स्पष्ट सन्देश दिए ।

    वाम – लोकतान्त्रिक गठबन्धन भनिएको विपक्षी गठबन्धनमा कांग्रेसबाहेक अन्य चारवटै दल (एमालेको एउटा समूह र जसपाको एउटा समूहसहित) वैचारिक रुपमा वामपन्थी हुन् । किनकी जसपाका बाबुराम र उपेन्द्र यादवले कम्युनिस्ट संगठन छाडे पनि त्यो बिचार छाडिसकेको छैनन् । बिगतका आन्दोलनहरुमा जस्तै यसपटक पनि गठबन्धनको नेतृत्व कांग्रेसले नै गरेको छ । २०४६ सालको जनआन्दोलनको नेतृत्व कांग्रेसका गणेशमान सिंहले गरेका थिए भने २०६२/६२ को जनआन्दोलनको नेतृत्व कांग्रेसकै गिरिजाप्रसाद कोइरालाले गरे ।

    यसपटक विपक्षी गठबन्धनले केपी ओलीविरुद्धको आन्दोलनलाई पनि बिगतमा राजाका शासनविरुद्ध गरिएको आन्दोलनकै रुपमा ब्याख्या गरेको छ । यसको नेतृत्व फेरि कांग्रेसकै सभापति शेरबहादुर देउवाले गरेका छन् । सम्पादकसँगको अन्तरक्रियामा देउवाले नै आफ्ना धारणा राखेर गठबन्धनलाई सत्ता प्राप्तिसँगमात्र सिमित नराखिने बताए । गठबन्धनको प्राविधिक नेतृत्व देउवाले गरेपनि राजनीतिक नेतृत्व भने प्रचण्डले लिएको छनक बिहीबारै दिए । उनी सम्पादकहरुसँगको अन्तरक्रियामा लगभग एकल रुपमा हाबी भए । कांग्रेसको बैचारिक बचाउदेखि माधव नेपाल र उपेन्द्र यादवहरुको राजनीतिक भविष्य जोगाउने जिम्मेवारी समेत प्रचण्डले देखाए । उनले गठबन्धनमा आबद्ध एमालेको माधव नेपाल समूह कानूनी लगायत धेरै झमेलामा रहेको भन्दै माधव नेपाल र उपेन्द्र यादवहरुलाई अड्डा अदालतको कारवाहीबाट जोगाउन गठबन्धनले सक्दो पहल गरिरहेको र गर्ने बताए ।

    पछिल्लो पटक अदालतले एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको कारवाहीलाई मान्यता नदिएको आदेशभित्र पनि विपक्षी गठबन्धनको भूमिका रहेको चर्चा चलेका बेला प्रचण्डले माधव र उपेन्द्रको अप्ठ्यारोमा आफूहरुको साथ रहने बताए । प्रचण्डले हालै २० जना मन्त्री पदमुक्ति सम्बन्धी अदालतको आदेश आउनु अघिल्लै दिन सर्वोच्चले मन्त्रीहरुलाई मुक्त गर्ने बताएका थिए । यद्यपी उनले आफूले पछिल्लो अदालती आदेशहरु हेरेर अनुमानका भरमा भनेको र त्यसमा आफूहरुको सेटिङ नरहेको प्रष्टीकरण दिए ।

    विपक्षी गठबन्धन अदालतका पछिल्ला आदेशहरुबाट बढी नै उत्साहित भएको छ । विगतमा सडक आन्दोलनबाट दबाब दिएका कारण प्रतिनिधिसभा पुनःस्थापना भएको आँकलन गरेको गठबन्धनले अदालतमा सुनुवाइ चलिरहदा जनपरिचालन भनेर सडक आन्दोलन पनि गर्न थालिसकेको छ । अहिलेको गठबन्धन देउवाका लागि भन्दा पनि प्रचण्डका लागि आवश्यकता थियो । देउवाको चाहिँ बाध्यता बन्यो । उनी अघिल्लो विघटनको बेला चुनावको पक्षमा थिए । पुनःस्थापनापछि पनि उनले अविश्वास प्रस्ताव ल्याउन वा आफू प्रधानमन्त्री बन्न हतार गरेका थिएनन् ।

    तर धारा ७६ (५)को प्रक्रियामा पुगेपछि उनले अग्रसरता लिए । अझ भन्ने हो भने पार्टीभित्रकै दबाब र प्रचण्ड–माधवको बलियो साथ पाएपछिमात्र अग्रसर भएका हुन् । प्रचण्डलाई भने खुम्चिएको राजनीतिक स्पेसमा एकपटक पुनः आफूलाई स्थापित गर्नुपर्ने बाध्यता थियो । सर्वोच्च अदालतको फैसलाबाट एमाले ब्युँतिए पनि नेकपाकालीन तुष बाँकी रहेकाले ओली र माधव समूह मिल्न नसक्नु र मिल्न नदिन आफ्नो योगदान रहनु उनका लागि पुनः एकपटक सत्ता राजनीतिमा निर्णायक बन्न सकिने आधार बन्यो ।

    यसबीचमा कांग्रेसलाई अघि सारेपछि अदालत लगायतका निकायमा पनि प्रभाव पार्न सकिने उनको अनुमान एक हदमसम्म सफल हुँदै गयो । माधव नेपाललाई एमालेमा कुनै पनि हालतमा मिल्न नदिन देउवा र प्रचण्डले आगामी निर्वाचनसम्मकै लिखित समझदारी गरेको स्रोतहरु बताउछन् । विपक्षी गठबन्धन केपी ओलीविरुद्ध सबैतिरबाट निर्णायक आक्रमणको तयारीमा छ । सर्वोच्च अदालतका पछिल्ला आदेशहरु आफू अनुकुल भएपछि गठबन्धनले अब ओलीलाई अदालतले नै पाखा लगाइदिने आशा पनि गरेको छ ।

    फागुन २३ को फैसलापछि एमाले मिलाउन नसक्नु ओलीको कमजोरी रह्यो । माधव नेपाल ओलीसँग कुनै पनि हालतमा सँगै जान नसकिनेमा पहिले नै तयार थिए । तर उनको पक्षका दोस्रो तहका नेताहरुको एमाले एकताको प्रयासका कारण उनी एमाले कै नाममा अलग पार्टीको अभ्यास गरिरहेका थिए । विपक्षी गठबन्धनले अदालतबाट मुद्दा जिते पनि त्यसपछिको राजनीतिक कोर्ष कता जान्छ ? अहिले नै भन्न सकिन्न । किनकी फागुन ११ गते पुनःस्थापित भएको प्रतिनिधिसभाले नयाँ सरकार दिन नसकेपछि जेठ ७ गते पुनः विघटन भयो । अहिले पनि अदालतको फैसलाले के भन्छ ? यसमा केही सिमित विकल्पहरु छन् । प्रतिनिधिसभा विघटन सदर गर्ने, धारा ७६ (४) र ५ को अभ्यास गर भन्ने वा देउवालाई प्रधानमन्त्री घोषित गर्ने ।

    मुख्यगरि अदालतले यसपटक संविधानको धारा ७६ (५)को राजनीतिक ब्याख्या गर्नुपर्नेछ । त्यो धारामा पुगेपछि सांसदहरु दलको अनुशासन र ह्वीपमा रहनु नपर्ने फैसला गरेमा राजनीति अर्को दिशामा जान्छ । नत्र अझै पनि विपक्षी गठबन्धनले सोचे जस्तो कोर्षमा राजनीति नजान सक्छ ।

  • subhayug
  • केपी शर्मा ओली
  • प्रधानमन्त्री
  • विपक्षी गठनबन्धन
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • ६० किलो सुन तस्करी प्रकरणमा १३ प्रतिवादीको बयान सकियो

  • सेयर बजारमा दोहोरो अङ्कको गिरावट, २ अर्ब ३२ करोड रुपैयाँको कारोबार

  • भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानून निर्माण गर्न आवश्यक छ: सञ्चार मन्त्री शर्मा

  • सुन प्रकरणको अनुसन्धानमा सरकारले हस्तक्षेप गर्दैनः गृहमन्त्री श्रेष्ठ


  • समाचार
  • १

    ६० किलो सुन तस्करी प्रकरणमा १३ प्रतिवादीको बयान सकियो
    १४ घण्टा अघि

  • २

    सेयर बजारमा दोहोरो अङ्कको गिरावट, २ अर्ब ३२ करोड रुपैयाँको कारोबार
    १४ घण्टा अघि

  • ३

    भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानून निर्माण गर्न आवश्यक छ: सञ्चार मन्त्री शर्मा
    १५ घण्टा अघि

  • ४

    सुन प्रकरणको अनुसन्धानमा सरकारले हस्तक्षेप गर्दैनः गृहमन्त्री श्रेष्ठ
    १५ घण्टा अघि

  • ५

    ‘इन्डो प्यासिफिक’ सैनिक सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत प्रस्थान
    १५ घण्टा अघि

  • ६

    गठबन्धन जोगाउनु मात्र उपलब्धि होइनः प्रदीप पौडेल
    १५ घण्टा अघि

  • ७

    सरकारले घोषणा गरेको पुरस्कार रकम अझै पाएका छैनौंः कप्तान पौडेल
    १७ घण्टा अघि

  • ८

    बाराको सिम्रौनगढ नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता
    १७ घण्टा अघि

  • ९

    प्रधानमन्त्री दाहाल बेइजिङमा
    १७ घण्टा अघि

  • १०

    पानीमा डुबेर एक बालकको ज्यान गयो
    १७ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    amrit neupane thag
    ३ हफ्ता अघि

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा एक सपिङ मलमा गोली हानाहान हुँदा तीन जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    २

    रुसी कमान्डरहरूको बैठकमा भएको हमलामा कयौं मारिएको युक्रेनको दाबी

    शुभयुग सम्वाददाता
    ३

    श्रम कानूनको विरोधमा ग्रिसका नागरिकहरु सडक आन्दोलनमा

    शुभयुग सम्वाददाता
    ४

    अमेरिकाद्वारा युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र दिने प्रक्रिया सुरु

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution