२०८१ आश्विन २८, सोमबार
८ असार,काठमाण्डौ – नेप्सेमा नेपाल एग्रो लघुवित्तको सेयर मूल्य समायोजन भएको छ ।
संस्थाले गतबर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई १४ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ। नेपाल एग्रो इन्फिनिटी लघुवित्तका विलय हुन लागेकोले संस्थाको सेयर कारोबार भने रोक्का छ ।
संस्थाको समायोजनपछिको मूल्य ५४९ रुपैयाँ निर्धारण भएको छ । संस्थाको अन्तिम कारोबार मूल्य ६२६ रुपैयाँ लाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।
नेपाल एग्रोले असार २१ गते आफ्नो पाँचौँ वार्षिक साधारणसभाको मिति तय गरेको छ। उक्त सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १४ प्रतिशत बोनस सेयर र नगद लाभांश अनुमोदन गर्नुका साथै इन्फिनिटी लघुवित्तसँग विलय हुने सम्पूर्ण प्रक्रिया पारित गर्नेछ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar