• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र ८, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सत्तारुढ ४ दलको बैठक सम्पन्न : मन्त्रिपरिषद विस्तारबारे छलफल

७ घण्टा अघि
२

हाईस्पीड् ईन्टरनेटको बहानामा जनता ठग्ने क्लासिकटेकले पठायो संचारमाध्यमलाई नै समाचार हटाउन दवाव

९ घण्टा अघि
३

कालिकोटमा नर्सरी निर्माणमा अनियमितता

११ घण्टा अघि
४

मिडासको सहकार्यमा धुलिखेल अस्पतालको मोबाइल एप

११ घण्टा अघि
५

मन्त्रिपरिषद्लाई पूर्णता दिन बालुवाटारमा सत्ता गठबन्धनको बैठक

१२ घण्टा अघि
६

१० गतेका लागि सारियो बागमती प्रदेशसभा बैठक

१२ घण्टा अघि
७

लघुवित्त विरुद्ध आन्दोलन गर्न पीडितबाटै पैसा असुली

१२ घण्टा अघि
८

बागमती प्रदेशमा एमाले सहजै सरकारबाट नबाहिरिने

१३ घण्टा अघि
९

बागमती प्रदेशसभा बैठकमा कांग्रेस उपस्थित नहुने : कसरी लेलान् मुख्यमन्त्री विश्वासको मत !

१३ घण्टा अघि
१०

नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

१५ घण्टा अघि
११

वाग्मतीका मुख्यमन्त्री जम्कट्टेललाई सत्ता जोगाउनै सकस : काँग्रेस र नेकपा एसको कस्तो रहला भुमिका !

१६ घण्टा अघि
१२

हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    ५ दिन अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    १ दिन अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    ५ दिन अघि
  • bidhya bhandari ४

    आलोचनै आलोचनामा बितेका राष्ट्रपति भण्डारीको ७ वर्ष

    ४ हफ्ता अघि
  • govinda ojha rajan ५

    के उपहार दिऊ तिमिलाई सोच्दै…..

    ३ हफ्ता अघि
  • oli prachanda bardali photo ६

    प्रचण्ड ओली सम्बन्धमा ‘चस्केको बार्दली’ सहमति

    ३ हफ्ता अघि
  • nepse down ७

    सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो

    ३ हफ्ता अघि
  • subash-nembang ८

    आफ्नै नाममा राष्ट्रिय सहमति हुनसक्ने सुवास नेम्बाङको दावी

    ३ हफ्ता अघि
  • telephone dhamki ९

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    १५ घण्टा अघि
  • medicine १०

    कञ्चनपुरमा अवैध रुपमा नेपाल भित्र्याईएको १० लाख बढीको औषधी बरामद

    ३ हफ्ता अघि
  • बाढी पहिरोले देशभरिमा ५ जनाको मृत्यु : १९ अझै बेपत्ता

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ अषाढ ३, बिहिबार (१ साल अघि)
  • ९६१ पाठक संख्या
  • melamchi

    ३ असार,काठमाण्डौ – मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका १३ जिल्लामा बाढी र पहिरो जाँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । १९ जना बेपत्ता छन् ।

    सिन्धुपाल्चोकमा दुई, पाल्पा, बाजुरा र डोटीमा एक एक जनाको मृत्यु भएको हो । विभिन्न जिल्लाबाट बुधबार साँझसम्म प्राप्त विवरण अनुसार हालसम्म ११ जना घाइते छन् भने ८९ घरमा पूर्ण र २६ मा आंशिक क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक र मनाङमा भएको छ ।

    बाढी तथा पहिरो प्रभावित क्षेत्रमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ । ठाउँठाउँमा पनि सडक पनि अवरुद्ध भएका छन् । मनसुनको सुरुवातमै ठूलो क्षति भएपछि गृह मन्त्रालयमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको आकस्मिक बैठक बसेको छ । र, खोज, उद्दार तथा राहतमा सबै संयन्त्रलाई परिचालन हुन निर्देशन दिएको छ ।

    बुधबारै प्रधानमन्त्रीको अध्यक्षतामा हुने विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को बैठक पनि बसेको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार सिन्धुपाल्चोकमा बुधबार दुई जनाको शव भेटिएको छ । यद्यपि सनाखत भइसकेको छैन । थप १६ जनाको अवस्था अज्ञात रहेको उनले बताए ।

    सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार बेपत्तामध्ये ६ जनाको परिचय खुलेको छ । उनका अनुसार हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, वडा नं. ३ का ६६ वर्षीय टिकामाया खड्का, वडा नं. ७ का ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, वडा नं. ६ का ५० वर्षीय च्याङा तामाङ र चौताराका २३ वर्षीय सुरेन्द्र नेपालको अवस्था अज्ञात छ । अन्यको पहिचान खुलिसकेको छैन ।

    मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण मेलम्ची नदी थुनिएपछि बाँध फुटेर बाढी र पहिरो आएको खनालले बताए । त्यसक्रममा पानीमा फसेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतले ६० जनाको उद्दार गरेका छन् । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार घरको छतमा फसेका ४ जनालाई ‘एयर लिफ्ट’ गरेर सुरक्षित स्थानमा लगिएको थियो । सिन्धुपाल्चोकको प्रभावित क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटा र स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ पनि निरीक्षणका लागि पुगेका थिए ।

    बाढीले अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीका कर्मचारी घाइते भएका छन् भने आयोजनाका संरचनाहरु पनि डुबानमा परेका छन् । बाढीका कारणले आयोजनाको संरचनामा कति क्षति पुग्यो भन्ने यकिन भइसकेको छैन । जिल्ला प्रहरी कार्यालय, मनाङले जनाएअनुसार बाढीमा परेर ५३ घरमा पूर्ण र २६ मा आंशिक क्षति पुगेको छ । जिल्लाको चामे र ताल बजार क्षेत्र डुबानमा पर्दा करिब एक हजार जना प्रभावित भएका छन् ।

    प्रभावितको उद्दारमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी लगायतको टोली खटिएको थियो । गृहमन्त्री खगराज अधिकारीले नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत राहत सामग्री पठाउन र उद्दार गर्न निर्देशन दिएका थिए । तर प्रतिकुल मौसमका कारण हेलिकप्टर जान सकेन । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार प्रभावितलाई नयाँ बन्दै गरेको कारागार कार्यालयमा सारिएको थियो । उनकाअनुसार नासोँ गाउँपालिकाको कार्यालय भवन, इलाका प्रहरी कार्यालय, प्राइम र प्रभु बैंक रहेको भौतिक संरचनामा पनि क्षति पुगेको छ ।

    हाल प्रभावित क्षेत्रका वासिन्दा दुई समूहमा बाँडिएर सुरक्षित स्थानमा बसेका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका–४ मा पहिरोले घर पुरिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १९ वर्षीय मदन भट्टराई छन् । घरमा मदनकी आमा पनि थिइन् । उनको सकुशल उद्दार भएको छ ।

    जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार खोलाले बगाउँदा बूढीनन्दा नगरपालिका–३ की ३५ वर्षीया मोतीकला लुहारको मृत्यु भएको छ । त्रिवेणी नगरपालिका–५, किम्नीमा १२ वर्षीय बालक पनि बेपत्ता छन् । पहिरोमा परिएर डोटीको केआईसिंह गाउँपालिका–३ मा बुधबार बिहान एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । ६० वर्षीय खडकबहादुर बमको घटनास्थलमै मृत्यु भएको हो । १६ वर्षीया पुनी कुँवर र १७ वर्षीया पूजा कुँवर घाइते भएका छन् ।

    सुनकोशीमा तीन शव फेला 
    सुनकोशी नदीअन्तर्गत सिन्धुली जिल्लामा तीन शव भेटिएका छन् ।

    आज साँझसम्म पानीको सतहमा तैरँदै गरेका अवस्थामा शव भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका –५ मूलकोट, सुनकोसी –६ कानढुङ्ग्री र फिक्कल गाउँपालिका – ६ रत्नावतीमा बेवारिसे शव फेला परेका हुन् ।

    कानढुङ्ग्री र मूलकोटमा पुरुषको शव भेटिएको र रत्नावतीमा भेटिएको शवको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए । सुनकोशीमा देखिएको शव निकाली परीक्षणका लागि सिन्धुलीमाढीतर्फ ल्याइँदै गरेको उनले जानकारी दिए ।

    मेलम्चीमा छ विदेशी सम्पर्कविहीन 
    वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् ।

    तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरुको खोजी भइरहेको छ । निर्माणस्थलमा रहेका ७६ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ र धुलिखेल ल्याइएको आयोजनाले जनाएको छ ।

    उद्धार भएका सबैको अवस्था अहिले सामान्य छ । आयोजनाको मुख्य सुरुङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति नपुगेको विवरण प्राप्त भएको आयोजनाले जनाएको छ । आयोजनाको क्याम्पहरु, उपकरणहरु, निर्माण सामग्री, पहुँच सडक र पुल बाढीले बगाएको छ । मङ्गलबार साँझ झण्डै सात बजे आयोजना क्षेत्रमा बाढी पसेको थियो ।

    अम्बाथानस्थित ‘हेडवक्र्स’ भन्दा माथि परिरहेको अबिरल वर्षाको कारण बाढी आएको थियो ।

  • subhayug
  • अविरल वर्षा
  • पहिरो
  • बाढी
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • सत्तारुढ ४ दलको बैठक सम्पन्न : मन्त्रिपरिषद विस्तारबारे छलफल

  • हाईस्पीड् ईन्टरनेटको बहानामा जनता ठग्ने क्लासिकटेकले पठायो संचारमाध्यमलाई नै समाचार हटाउन दवाव

  • कालिकोटमा नर्सरी निर्माणमा अनियमितता

  • मिडासको सहकार्यमा धुलिखेल अस्पतालको मोबाइल एप


  • समाचार
  • १

    सत्तारुढ ४ दलको बैठक सम्पन्न : मन्त्रिपरिषद विस्तारबारे छलफल
    ७ घण्टा अघि

  • २

    हाईस्पीड् ईन्टरनेटको बहानामा जनता ठग्ने क्लासिकटेकले पठायो संचारमाध्यमलाई नै समाचार हटाउन दवाव
    ९ घण्टा अघि

  • ३

    कालिकोटमा नर्सरी निर्माणमा अनियमितता
    ११ घण्टा अघि

  • ४

    मिडासको सहकार्यमा धुलिखेल अस्पतालको मोबाइल एप
    ११ घण्टा अघि

  • ५

    मन्त्रिपरिषद्लाई पूर्णता दिन बालुवाटारमा सत्ता गठबन्धनको बैठक
    १२ घण्टा अघि

  • ६

    १० गतेका लागि सारियो बागमती प्रदेशसभा बैठक
    १२ घण्टा अघि

  • ७

    लघुवित्त विरुद्ध आन्दोलन गर्न पीडितबाटै पैसा असुली
    १२ घण्टा अघि

  • ८

    बागमती प्रदेशमा एमाले सहजै सरकारबाट नबाहिरिने
    १३ घण्टा अघि

  • ९

    बागमती प्रदेशसभा बैठकमा कांग्रेस उपस्थित नहुने : कसरी लेलान् मुख्यमन्त्री विश्वासको मत !
    १३ घण्टा अघि

  • १०

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी
    १५ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश

    subhayug
    २

    बीबीसीमाथि अन्तर्राष्ट्रिय करमा अनियमितता गरेको आरोप : कार्यालयमा आयकर विभागको छापा

    subhayug
    ३

    टर्की भूकम्पमा मृत्यु हुनेको संख्या २३ हजार नाघ्यो

    subhayug
    ४

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution