२०८१ भाद्र २२, शनिबार
२ असार,काठमाण्डौ – तीन दिनदेखिको अविरल वर्षाले देशैभर क्षति गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज पनि देशभर भारी वर्षा हुनसक्ने भएकाले नदी आसपासका क्षेत्रमा सजग रहन आग्रह गरेको छ । महाशाखाको पछिल्लो बुलेटिनअनुसार बुधबार बागमती, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थानमा भारी वर्षा र केहि स्थानमा धेरै भारी वर्षाको अनुमान गरेको छ ।
आज राती पनि कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केहि क्षेत्रमा धेरै भारी वर्षा हुनेछ । पहाडमा नदीको सतह बढ्दा तराईमा डुवानको जोखिम पनि उत्तिकै बढेको छ । महाशाखाले शुक्रबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको र बाढी, पहिराे र गेग्रान बहाबकाे जाेखिम रहेकाे जनाएकाे छ ।
हिजो साँझ सिन्धुपाल्चोकको हेलम्बुमा पहिरो गएपछि थुनिएको मेलम्ची नदीले तल्लो तटीय क्षत्रमा ठूलो क्षति गरेको छ । मेलम्चीको बाढीले कम्तिमा ५० जना बेपत्ता छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar