२ असार,काठमाण्डौ – पुँजी बजारको नियामक धितोपत्र बोर्डले सेयर बजारमा सूचीकृत ५१ ओटा कम्पनीको सेयर मूल्य चलेखेल भएको देखाएको छ ।
पछिल्लो समय सेयर ह्वात्तै बढेपछि बोर्डले कमिटी बनाएर अध्ययन गरेको थियो । बोर्ड अध्यक्ष भिष्म ढुङ्गानाले अध्ययनले ५१ कम्पनीहरुमा लगानी गर्न जोखिमयुक्त रहेको देखाएको बताएका छन् । उक्त कम्पनीहरुमा इन्साइडर ट्रेडिङ, सेयर कर्नरिङ लगायतका कारण बढेको अध्ययनले देखाएको छ ।
। अध्ययनमा कमजोर पफमेन्स भएका हाइड्रोपावर विकास बैंक र वित्त कम्पनी निर्जिवन बिमा कम्पनीहरु, जीवन बिमा कम्पनी, जलविद्युत लगानी तथा विकास कम्पनी, नेपाल पुनर्बिमा कम्पनी, नेपाल इन्फ्रास्ट्रचर बैंक, विकाल बजार कम्पनी, साल्ट ट्रेडिङ कम्पनी, नागरिक लगानी कोष लगायत कम्पनीको सेयर मूल्य अस्वभाविक देखिएको बोर्डको निष्कर्ष छ ।
बोर्डले विगतको एक वर्ष अवधिमा सूचिकृत संगठित संस्थाहरुको मूल्य बृद्धि ३०० प्रतिशत र सोभन्दा बढी प्रतिशतले बृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० र सोभन्दा बढी भएका, प्रति सेयर आम्दानी ऋणात्मक भएका, प्रति सेयर अंकित मूल्यभन्दा प्रति सेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्याँकन समेतका आधारमा हाल जोखिमयुक्त देखिएका ५१ वटा सूचिकृत संगठित संस्थाहरु छनौट गरी प्रारम्भिक अध्ययन गरेको थियो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar