२०८१ आश्विन १, मंगलबार
२९ जेठ,सुर्खेत – ‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीमाथि सुर्खेतमा क्रुर आक्रमण भएको छ ।
राहत बितरणका लागी सुर्खेत गएका अभियान्ता शाहीसहित उनका ९ सहयोगीमाथी गएराती आक्रमण भएको हो । आफु सहितको टोलीमाथी मध्यरातमा ज्यानमार्ने उद्धेस्यले आक्रमण भएको अभियन्ता शाहीले बताएका छन् ।
शाहीले सामाजिक सञ्जालमा आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको उल्लेख गरेका छन् ।
उनले आफुहरुमाथी आक्रमण भएलगत्तै प्रहरी बोलाएको र प्रहरीलेसमेत सहयोग नगरेको समेत बताएका छन् ।
उता सुर्खेत प्रहरीले भने शाहीको समूह र स्थानीयबीच झडप भएको बताएको छ । शाहीको समूह र स्थानीयबीच झडप भएको हो । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
त्यस्तै उक्त आक्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमासमेत लिएको उनले बताए । योसँगै शाहीमाथि सुर्खेतमा मात्र तेश्रो पटकको आक्रमण हो ।
शाहिले आफुहरु घाईते अवस्थामा रहेको भिडियोसहित फेसबुकमा एक स्टाटस समेत लेखेका छन् ।
शाहिको फेसबुक स्टाटस जस्ताको त्यस्तै
आफनो ज्यानको नै माया मारी कोभिड बाट लाखौ नागरिक बचाउन लागिरहँदा पनि आफनो ज्यान बचाउन सकिएन सतिले सरापेको देश हो भन्थे हो रहेछ अब त यो देशमा नै बस्न मन लागेन ।
मध्यराती सुर्खेतमा हामी माथी ज्यान मार्ने हमला भो , म ज्ञानेन्द्र शाही ,राजेश महत ,कृष्ण पान्डे ,तिलक बस्नेत , नितु खडका ,लोक बहादुर रोकाय ,शान्त शर्मा ,सीता आचार्य ,महेश बि।सि ,खगेन्द्र बजगाई को ज्यान बाल बाल बच्यो धन्यवाद भगवान धन्यवाद शुभचिन्तक ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar