
नीति तथा कार्यक्रम साहित्यकारको शब्दजाल जस्तो
२८ जेठ,हेटौँडा – प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता तथा पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले आफुहरुले मागेअनुसार बिकास बजेट पाउन प्रधानमन्त्री केपी शर्मा ओली गुटमा जानुपर्ने अवस्था आएको बताएका छन् ।
शुक्रबार प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको प्रदेशसभा बैठकमा उनले प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा किसान, मजदुर, उद्योगी, व्यवसायीहरुको समस्याहरुलाई समेटेको छ तर प्रदेश सरकार चाँही खोज्नु पर्ने अवस्था रहेको बताएका हुन् ।
प्रदेशका सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रका समस्याहरुलाई देखाएर विकास बजेट माग गर्दा एमालेको केपी ओली गुटमा जानु पर्ने अवस्था आएको उनको भनाइ छ । माओवादीले जितेको आधारमा स्थानीय तहमा पठाइएको २ करोड ७ लाख रुपैयाँ किन रोकियो भन्दै उनले प्रश्नसमेत गरे ।
प्रदेश सरकारले हाल देशमा संघीय सरकारले गरेको विधि विधान र संविधान विपरीत गरेको कामको विरोध गर्नुपर्ने उनको धारणा छ । प्रदेश सरकारले संविधानको रक्षाका लागि संघीय सरकारले गरेको गलत कामको विरोध गरेर संघीय सरकारको हस्तक्षेप नभएको नीति तथा कार्यक्रम आउनु पर्ने उनले बताए ।
प्रदेश सरकारले बहुवर्षीय योजनाको सिलिङमा पनि पक्षपात गरेको उनको आरोप छ । बिना आधारमा सम्बन्धित निर्वाचन क्षेत्रका सांसदलाई जानकारी नै नगराई प्रदेश सरकारले बहुवर्षीय योजनाको सिलिङ पठाएको उनले बताए ।
जम्मकट्टेलले प्रदेश सरकारले सार्वजनिक गरेको आगामी वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रमलाई साहित्यकारको शब्दजाल जस्तै रहेकोसमेत बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar