२०८१ भाद्र २२, शनिबार
२७ जेठ,मकवानपुर – बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ ।
बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले आज विहिबार दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । कार्यव्यवस्था परामर्श समितिमा छलफल गरी आज बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख प्रसाईंले सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तयार पारिएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए ।
आज सार्वजनिक गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रम मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कोरोना संक्रमण नियन्त्रण र उपचारलाई उच्च प्राथमिकतामा राखेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाले जनाएको छ ।
आज प्रदेशसभामा प्रस्तुत हुने नीति तथा कार्यक्रममा प्रदेश सरकारले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा प्राथमिकतामा राखेको जनाइएको छ । आगामी वर्षको नीति तथा कार्यक्रममा प्रदेश सरकारले प्रदेशका १३ जिल्लाका १ सय १९ वटै स्थानीय तहमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्तामा हेरफेर, सबै विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम, एक वडा एक स्वास्थ्य केन्द्र लगायतको कार्यक्रमलाई प्राथमिकता दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
प्रदेशको १३ वटै जिल्लामा कागज उद्योग स्थापना गरी प्रदेशका नागरिकहरुलाई रोजगारी प्रदान गर्ने र स्वरोजगारका विभिन्न कार्यक्रमहरु पनि संचालनलाई प्राथमिकताका साथ नीति तथा कार्यक्रम तयार पारेको जनाइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar