• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र १४, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारले मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाँदै

८ घण्टा अघि
२

अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ

९ घण्टा अघि
३

दोहोरो अंक बढ्यो सेयर बजार

९ घण्टा अघि
४

३ मन्त्रालय पाउनुपर्ने एकीकृत समाजवादीको दाबी कायमै

१० घण्टा अघि
५

अमेरिकाको एक विद्यालयमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु

११ घण्टा अघि
६

राष्ट्र बैंकले १ अर्ब ९३ करोड ब्याजमा लगानी गर्ने

११ घण्टा अघि
७

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

१२ घण्टा अघि
८

सामान्तवादी भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याजी पीडितहरुको नाराबाजी

१२ घण्टा अघि
९

एकीकृत समाजवादीलाई दुई वटा मन्त्रालयमा चित्त बुझाउन प्रचण्डको आग्रह

१२ घण्टा अघि
१०

एमाले उपाध्यक्ष विष्णु पौडेलमाथि कुर्सी प्रहार

१२ घण्टा अघि
११

सुराकी खर्चका नाँउमा साढे २४ करोड बेहिसाब

१३ घण्टा अघि
१२

मन्त्रिपरिषद् विस्तारबारे निर्णय गर्न सत्ता गठबन्धनको बैठक बस्दै

१३ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    १ हफ्ता अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    १ हफ्ता अघि
  • oli prachanda bardali photo ४

    प्रचण्ड ओली सम्बन्धमा ‘चस्केको बार्दली’ सहमति

    ४ हफ्ता अघि
  • nepse down ५

    सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो

    ४ हफ्ता अघि
  • Galaxy tv no sallery ६

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

    १ हफ्ता अघि
  • medicine ७

    कञ्चनपुरमा अवैध रुपमा नेपाल भित्र्याईएको १० लाख बढीको औषधी बरामद

    ४ हफ्ता अघि
  • telephone dhamki ८

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    ६ दिन अघि
  • pradesh sarkar ९

    ओली प्रचण्ड गठबन्धन टुटेपछी के हुन्छ प्रदेश सरकार ?

    ४ हफ्ता अघि
  • trisuli nadi badh १०

    त्रिशूलीको बहाव छेकेरै बालुवा उत्खनन्

    २ हफ्ता अघि
  • पहिरोको त्रासले गाउँ छाड्दै डौड र बाहुनसैनवासी

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ जेष्ठ २६, बुधबार (१ साल अघि)
  • ६५२ पाठक संख्या
  • sindhupalchok pahiro

    २६ जेठ,काठमाण्डौ – डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका – ४ डौड र बाहुनसैन गाउँका नागरिक हिजोआज गाउँ छाड्न बाध्य छन् ।

    जिल्लामा पछिल्लो समय वर्षात भइरहेका कारण गाउँमा पहिरा आउने र बस्ती नै बग्ने डरले उनीहरु गाउँ छाड्न बाध्य भएका हुन् । विसं २०७४ साउन २४ गते आएको पहिरोले उक्त गाउँका छ व्यक्तिको मृत्यु भएपछि उनीहरु वर्षेनी वर्षात्का समयमा गाउँ छाडेर जङ्गलमा बास बस्दै आएका हुन् । त्यस वर्षको पहिरोका कारण गाउँमाथिको डाँडामा चिरा परेका कारण जतिबेला पनि पहिरा आउन सक्ने र गाउँ नै पुरिने खतरा रहेका कारण कम्तीमा पनि ५० घरपरिवार गाउँ छाड्न बाध्य भएको स्थानीयवासी गणेश उपाध्यायले बताए ।

    उक्त दुई गाउँको बस्ती पहिराले जोखिममा रहेकाले मानव बस्ती स्थानान्तरणका लागि पटकपटक माग गरिए पनि कुनै निकायबाट सम्बोधन हुन नसकेको स्थानीयवासीको आरोप छ । बस्ती स्थानान्तरणका लागि विभिन्न समिति निर्माण गरी अनुगमन गरिए पनि उक्त बस्ती कहाँ र कुन ठाउँमा सार्ने भन्ने विषयमा ठोस निर्णय हुन नसकेका कारण वर्षात्मा गाउँले गाउँ छाडेर जङ्गलमा बास खोज्न जान थालेका अर्का स्थानीयवासी तथा माओवादी नेता तेज डुम्रेलले बताए ।

    वर्षात् सुरु हुनुभन्दा पहिले यहाँका नागरिक आफ्ना लालाबाला र पशुचौपाया लिएर जङ्गलमा बास खोज्न थालेको सबैले जानकारी पाउने गरे पनि त्यसको समाधानका लागि ठोस पहल कहीँ कतैबाट पनि हुन नसकेको सायल–४ दौडका दलबहादुर सिंहले बताए ।

    वर्षात्मा गाउँ छाडेर लेकाली क्षेत्रमा रहेका खर्कमा उक्त दुई गाउँका नागरिक जाने गरेका र बर्सात सकिएपछि असोज, कात्तिकतिर गाउँ फर्किने गर्दै आएका छन् । पहिराले गाउँमा बस्न समस्या भएको चार वर्ष बितिसक्दा पनि आफ्ना समस्या कुनै पनि जनप्रतिनिधिले समाधानका लागि पहल नगरेको आरोपसहित त्यहाँका नागरिक आक्रोशित बन्दै आएका छन् ।

    वर्षात्का कारण उक्त दुई गाउँका किसानका खेतबारीसमेत बगाएको छ । खेतभरि पूरै ठूल्ठूला ढुङ्गा र बालुवाले भरिएकाले किसानलाई खेती गर्नसमेत समस्या हुँदै आएको स्थानीयवासी तथा सञ्चारकर्मी डिलबहादुर सिंहले बताए । उनले भने, ‘धान, गहुँ लगाउने खेतबारीमा ढुङ्गा र बालुवाले भरिएका छन्, किसानलाई खेती लगाउन पनि समस्या छ ।’

    यसैगरी सोही गाउँपालिका वडा नं ३ सार्पे बेटारा गाउँ पनि पहिराको उच्च जोखिममा रहेको बताइएको छ । सामान्य वर्षात् हुँदा पनि माटो भासिएर जाने गरेका कारण गाउँमा रहेका ७० घरधुरीमध्ये ४० घर पहिरोको उच्च जोखिममा रहेको स्थानीयवासी धिरजबहादुर विष्टले बताए । स्थानीय सरकारले अहिलेसम्म उक्त गाउँमा पहिरो रोकथाम तथा नियन्त्रणका लागि कुनै पहल चाल्न नसकेको स्थानीयवासीको आरोप छ ।

    गाउँमा रहेका विद्यालय पनि पहिराको उच्च जोखिमा रहेको बताइएको छ । सामान्य बर्सात हुँदा पनि विद्यालयको पढाइ बन्द गर्नुपर्ने अवस्था सिर्जना रहँदै आएको स्थानीयवासी बताउँछन् । पहिराले जोखिममा रहेका बस्तीका लागि वर्षेनी गाउँपालिकाले रु १५ देखि रु २० लाख बजेट विनियोजन गर्ने गरेको गाउँपालिकाकी उपाध्यक्ष विष्णादेवी सिंहले बताइन् ।

    उनले भनिन्, ‘बस्ती सार्न ठूलो रकम आवश्यक छ, हामीले पहिराले जोखिम रहेका बस्तीमा बर्षेनि पालिकाले सक्ने जति बजेट विनियोजन गर्दै आएका छौँ, केन्द्र तथा प्रदेश सरकारसँग बस्ती स्थानान्तरणका लागि माग गरेका छौँ, माग सुनुवाइ भएको छैन ।’ पहिराको जोखिममा रहेका बस्तीमा भौगोलिक बनावट नै बस्न लायक नभएकाले समस्या समाधानका लागि करोडौँ खर्च लाग्ने र गाउँपालिकाको बजेटले नभ्याउने उपाध्यक्ष सिंहको भनाइ छ ।

  • subhayug
  • डोटी
  • पश्चिमी क्षेत्र
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • सरकारले मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाँदै

  • दोहोरो अंक बढ्यो सेयर बजार

  • ३ मन्त्रालय पाउनुपर्ने एकीकृत समाजवादीको दाबी कायमै

  • राष्ट्र बैंकले १ अर्ब ९३ करोड ब्याजमा लगानी गर्ने


  • समाचार
  • १

    सरकारले मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाँदै
    ८ घण्टा अघि

  • २

    अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ
    ९ घण्टा अघि

  • ३

    दोहोरो अंक बढ्यो सेयर बजार
    ९ घण्टा अघि

  • ४

    ३ मन्त्रालय पाउनुपर्ने एकीकृत समाजवादीको दाबी कायमै
    १० घण्टा अघि

  • ५

    अमेरिकाको एक विद्यालयमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु
    ११ घण्टा अघि

  • ६

    राष्ट्र बैंकले १ अर्ब ९३ करोड ब्याजमा लगानी गर्ने
    ११ घण्टा अघि

  • ७

    एकीकृत समाजवादीको सचिवालय बैठक सुरु
    १२ घण्टा अघि

  • ८

    सामान्तवादी भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याजी पीडितहरुको नाराबाजी
    १२ घण्टा अघि

  • ९

    एकीकृत समाजवादीलाई दुई वटा मन्त्रालयमा चित्त बुझाउन प्रचण्डको आग्रह
    १२ घण्टा अघि

  • १०

    एमाले उपाध्यक्ष विष्णु पौडेलमाथि कुर्सी प्रहार
    १२ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ

    subhayug
    २

    अमेरिकाको एक विद्यालयमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु

    subhayug
    ३

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?

    rahul gandhi
    ४

    राहुल गान्धीको सांसद पद खारेज

    rahul gandhi
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution