२०७९ जेष्ठ १५, आईतबार
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले झन्डै २ लाख कित्ता संस्थापक सेयर आज (सोमबार) बाट लिलामीमा बिक्री खुल्ला गरेको छ ।
कम्पनीले १ लाख ९० हजार ६५० कित्ता संस्थापक सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । उक्त सेयरको न्यूनतम मूल्य ७५१ रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।
उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले आजदेखि असार २७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र कम्पनीको लिलामी सेयर खरिदका लागि बोलपत्र फारम बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यलय लाजिम्पाट काठमांडौबाट प्राप्त गर्न सकिने छ ।
लगानीकर्ताली न्यूनतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने अधिकतम सेयर संख्याका लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह