२०८१ भाद्र २३, आईतबार
२३ जेठ,काठमाण्डौ – एनआरएनए कोरियाको विशेष पहलमा दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्था र नेपालीबाट संकलित रकमबाट करीब ५० लाख कोरियन वन बराबरको कोरोना स्वास्थ्य सामग्री नेपाल पठाई हस्तान्तरण गरिएको छ ।
दक्षिण कोरियाबाट उद्धार उडानका लागि नेपाल पुगेको कोरियन एयर ११२ यात्रुसहित कोरोनाको राहत सामग्री लिएर जुन ४ तारिख काठमाडौं पुगेको हो । उक्त विमानमा एक लाख मास्क, ३०० पिपिई सेट, २४० बोतल स्यानिटाइजर, ५०० थान अक्सिमिटर र विभिन्न औषधि नेपाल पठाइएको एनआरएनए कोरियाका महासचिव बिमल सुवेदीले बताए ।
नेपाली राजदूतावासको समन्वयमा उक्त स्वास्थ्य सामान केएमई ट्राभल्सको विशेष पहलमा कोरियन एयरले निःशुल्क रुपमा नेपाल पुर्याइएको हो । संकलित रकममध्ये १७ थान अक्सिजन कन्सन्ट्रेटर पनि गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को समन्वयमा छिमेकी राष्ट्र चीनदेखि नेपाल वायु सेवा निगमको विमानमार्फत जुन ५ मा नेपाल पुगेको महासचिव सुवेदीले बताए ।
कोरियास्थित नेपाली राजदूतावासले एक विज्ञप्तिमार्फत नेपालको कोरोनाविरुद्वको लडाइँमा ऐक्यबद्वता प्रदर्शन गर्ने सम्पूर्ण कोरियावासी नेपालीलाई धन्यवाद व्यक्त गरेको छ । एनआरएनए कोरियाको पहलमा कोरियामा रहेका नेपालीले यसअघि पनि कोरोना भाइरस प्रकोप नियन्त्रणमा सहयोग संकलन गरी ठूलो परिमाणमा कोरोना जाँच गर्ने किटलगायत अन्य स्वास्थ्य सामग्री नेपाल पठाएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar