२०७९ जेष्ठ ४, बुधबार
२३ जेठ,रौतहट – रौतहटको बागमती नदीका विभिन्न ठाउँमा अवैध उत्खनन गरिरहेका डोजरलाई प्रहरीले नियन्त्रणमा लिएपछि जनप्रतिनिधिहरु छुटाउन सक्रिय भएका छन् ।
वृन्दावन र गढीमाई नगरपालिकाका जनप्रतिनिधिहरु नदीमा अवैध दोहन गरिरहेका डोजर, एक्जाभेटर तथा तिनका चालकलाई छुटाउन पहल गरिरहेका हुन् । वृन्दावन नगरपालिकाका मेयर राम स्नेही यादव तथा गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवसहितका जनप्रतिनिधिको टोली आइतवार जिल्ला समन्वय समिति रौतहटको कार्यालय गौरमा डोजर,एक्जाभेटर र चालक छुटाउन दबाब दिएका छन् ।
गत शुक्रबार प्रहरीले बागमती नदीमा अवैध उत्खनन गर्दै गरेका आठ एक्जाभेटरसहित सात चालकलाई नियन्त्रणमा लिएको थियो । उनिहरलाई प्रहरीले नियन्त्रणमा लिएलगत्तैदेखी नगरपालिकाका जनप्रतिनिधहिरुले भने छुटाउन दबाब दिएका हुन् ।
दुवै नगरपालिकाका जनप्रतिनिधिले बागमती नदीमा नगरपालिकाको निर्णयअनुसार नै गिटी तथा ढुंगा झिकेको जिकिर गरेका छन् । प्रहरीले नियन्त्रणमा लिएको सामग्री छुटाउन जिससलाई निर्माण व्यावसायी तथा निर्माण कम्पनीहरुले पनि दबाब दिएको छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह