२०७९ जेष्ठ ८, आईतबार
२० जेठ,काठमाण्डौ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले ढुङ्गा, गिट्टी र बालुवाको निकासी गरी व्यापार घाटा कम गर्ने सरकारको योजना देशहित विपरीतको जनघाती निर्णय भएको बताएका छन् ।
अध्यादेशमार्फत ल्याइएको बजेट वक्तव्यमा ‘खानीजन्य ढुंगा, गिट्टी र वालुवा निकासी गरी व्यापार घाटा कम गर्ने’ योजना समेटिएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै नेता नेपालले त्यसलाई सच्याउन माग गरेका छन्।
‘बजेटमै ‘वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, वालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ, निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोप–वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने दिने व्यवस्था मिलाएको छु’ भनि लेखेको छ। यो खुल्लम् खुल्ला तराईं मधेश क्षेत्रलाई मरुभूमि बनाउने घोषणा हो,’ बुधबार सामाजिक सञ्जालमा एक सन्देश लेख्दै नेता नेपालले भनेका छन्।
आधा भन्दा बढी नागरिकको बसोबास रहेको तराईं क्षेत्रको जीवन र शिवालिक सभ्यता नै चुरे क्षेत्रमा निर्भर रहेको नेता नेपालको भनाइ छ। त्यहि चुरे मासेर ढुंगा, गिट्टी र वालुवा निर्यात गरी व्यापार घाटा कम गर्ने योजना गंभीर रहेको उनले बताएका छन्।
‘चुरे क्षेत्रको संरक्षण नगरी तराईंको उर्वर भूमि, सिमसार र सिंगो मानव सभ्यता नै संकटमा पर्ने तथ्यलाई बुझेर नै मैले आर्थिक वर्ष २०६६/६७ सालमा ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’को आरम्भ गरेको हुँ र त्यसपछि राष्ट्रिय गौरवको आयोजनाका रुपमा कार्यान्वयन हुँदै आएको छ,’ नेता नेपालले भनेका छन्, ‘ तसर्थ, चुरे दोहन गरेर मुलुकको आधा जनसंख्यालाई भोकमरी, भूक्षय र डुबानमा पार्ने योजना जनघाती छ। यस्तो देश हित विपरितको र जनघाती निर्णय तत्काल सच्याउन माग गर्दछु।’
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह