२०७९ जेष्ठ १०, मंगलबार
१८ जेठ,काठमाण्डौ – निषेधाज्ञाका समयमा सरकारी नम्बर प्लेटको गाडीमा युवती लिएर स्वयम्भू डाँडामा मस्ती गर्ने जोडिको पहिचान खुलेको छ ।
आइतबार बिहान कार्यालय समयमा सरकारी गाडीमा युवती लिएर मस्ती गर्न स्वयम्भू पुगेका व्यक्ति सहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ सहर आयोजनाका निर्देशक रोशन श्रेष्ठ रहेको खुलेको हो।
निर्देशक श्रेष्ठ आइतबार बिहान ११ बजे कार्यालय समयमा प्रदेश नं. ३ – ०१ – ००२ झ ४९२२ नम्बरको सरकारी गाडीमा युवती लिएर मस्ती गर्न स्वयम्भूको डाँडामा पुगेका थिए । उनले प्रेमलाप गरेको तस्बिर र भिडिओ शुभयुग मिडियासहितका संचारमाध्यममा सार्वजनिक भएको थियो।
श्रेष्ठले नै युवतीलाई लिएर त्यहाँ रोमान्स गर्न गएको खुलेको छ। गाडीको खोजी सुरु हुनुका साथ गृह मन्त्रालयले पनि चासोका साथ खोजी गर्दा श्रेष्ठको पहिचान भएको हो।
गृह मन्त्रालयले भिडिओ र तस्बिरमा अनुहार प्रष्ट नखुले पनि गाडी नम्बरका आधारमा पहिचान खुलेको बताएको छ। सरकारी नम्बर भएका गाडीलाई निषेधाज्ञाका क्रममा प्रहरीले चेकजाँच गर्दैन। त्यहि कारण श्रेष्ठ जस्ता बदमास कर्मचारीले सरकारी गाडी दुरुपयोग गरेको गृह मन्त्रालयले बताएको छ ।
सरकारी गाडीमा पुगेका ती जोडीले अनैतिक गतिविधि देखाउन थालेपछि स्थानीयले पत्रकारलाई खबर गरेका थिए। उक्त तस्बिर र भिडिओ पत्रकार छायाँचन्द्र भण्डारीले सामाजिक सञ्जालमा राखेका थिए।
पत्रकार भण्डारीले उनीहरुलाई सरकारी गाडी लिएर लभ गर्न आउनुभएको रहेछ भनेर प्रश्न गरेपछि उठेर उनीहरु हतार–हतार दौडिएर त्यहाँबाट निस्किएका थिए। घटनाको छानबिन गरी कारबाहीको प्रक्रिया बढाइने गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताएका छन।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह