२०७९ जेष्ठ ८, आईतबार
१७ जेठ, जनकपुरधाम – प्रदेश २ सरकारले प्रदेशसभाको चालु पाँचौं अधिवेशन अन्त्य गर्दै बजेट अधिवेशन आह्वान गर्ने तयारी गरेको छ ।
प्रदेश सरकारले आगामी जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले चालु पाँचौ अधिवेशन अन्त्य गर्ने तथा आगामी २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।
गत चैत ३० गतेदेखि प्रदेशको पाँचौं अधिवेशन शुरु भएको थियो । चैत ३० र वैशाख १० गते गरी पाँचौं अधिवेशनको दुईवटा बैठकमात्रै बसेको थियो । तेस्रो बैठक वैशाख १४ गतेका लागि आह्वान गरिएपनि प्रदेशसभाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो । स्थगित बैठक हालसम्म पनि बस्न सकेको छैन ।
यहीँ बीचमा प्रदेश २ सरकारले प्रदेशसभाको पाँचौ अधिवेशन अन्त्य गर्ने र बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह