२०८१ आश्विन २०, आईतबार
१५ जेठ,काठमाण्डौ – ईलाका प्रहरी कार्यालय गजुरी धादिङमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) भोजराज पाण्डेयको सरुवा भएको छ ।
गत डेढ वर्षदेखि धादिङको गजुरीमा सुचना अधिकारीको रुपमा कार्यरत प्रहरी निरीक्षक पाण्डेयको महानगरीय प्रहरी वृत्त चापागाउँ ललितपुरमा काजको रुपमा सरुवा भएको हो ।
सरुवा भएसंगै प्रहरी निरीक्षक पाण्डेयलाई अभिलेखमा जनिने गरि नगद पुरस्कार सहित सम्मान गरि विदाई गरिएको छ । गजुरीमा कार्यरत रहँदा मात्र उनले यो सहित पाँचौ पटक सम्मान पाएका छन् । पाण्डेयलाई स्वास्थ्य मापदण्डको परिधिभित्र रही ईलाका प्रहरी कार्यालयले बिदाई गरेको हो । यधपी बढ्दो कोरोना जोखिमका कारण पाण्डेयलाई स्थानियहरुले भने औपचारिक ढंगले बिदाई गर्न पाएनन् ।
बिदाई कार्यक्रममा पाण्डेयलाई ईलाका प्रहरी कार्यालय गजुरीको तर्फबाट मायाको चिनो दिइएको थियो । उनले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा समेत बधाई दिँदै भावी कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको थियो ।
उनले यसअघि दुई पटक सोही कार्यालयबाट एक एक हजार नगद पुरस्कार, प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट अभिलेखमा जनिने गरी नगद दुई हजार र २०७७ सालको मंसीर महिनाको धादिङ जिल्लाको उत्कृष्ट प्रहरी अधिकृतको रुपमा घोषित भई सम्मान पाएका थिए । उनी अपराध अनुसन्धानमा विशेष दखल राख्ने र अनुसन्धानलाई टुंगोमा पुर्याउने सफल इन्स्पेक्टर हुन् ।
कानुन कार्यान्वयनको सवालमा कसैसँग सम्झौता नगर्ने खरो स्वभावका प्रहरी निरीक्षक पाण्डेयले गजुरीमा रहँदा राजमार्ग आसपासमा हुने आपराधिक क्रियाकलापको अन्त्यनै गरएका थिए । त्यस्तै पाण्डेको कार्यकालमा ईलाका प्रहरी कार्यालय गजुरी मातहतका क्षेत्रमा जुवा तास नियन्त्रण, घरेलु मदिरा नियन्त्रण, गाँजा फडाँनी, गुण्डा गर्दी लगायतका आपराधिक क्रियाकलापको नियन्त्रणमा विशेष भुमिका समेत निभाएका थिए ।
अपराध अनुसन्धानमा विशेष चासोका साथ र सफलतापूर्वक अनुसन्धान गरेको कारण पाण्डेय संघीय प्रहरी कार्यालय बागमतिबाट उत्कृष्ट अनुसन्धान अधिकृतको रुपमा सिफारिस समेत भएका छन् । प्रदेश प्रहरी कार्यालय बागमतीबाट पाक्षिक रुपमा प्रशारण हुने प्रहरी दर्पण कार्यक्रको शिर्ष प्रहरी गीत “आंधि र हुरी प्रचण्ड गर्मी” का गीतकार पाण्डेयका आधा दर्जन बढि गीत रेकर्ड समेत भएका छन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar