२०८१ आश्विन २५, शुक्रबार
१५ जेठ,धादिङ – टुकी नेपालले धादिङ जिल्लामा कार्यालय संचालनमा रहि संचालनमा आएका अनलाईनहरुको संस्था डिजिटल मिडिया नेटवर्क (डीएमएन) धादिङलाई मास्क र सेनिटाईजनर प्रदान गरेको छ ।
टुकी नेपालले डीएमएन धादिङलाई सेनिटाईजर (५०० एमएलको १० वटा आफिसको लागि र १२० एमएलको पत्रकारका लागि) मास्क ३० जना पत्रकारका लागि ५० पिस रहेको ३० वटा वक्स प्रदान गरेको हो । यसमा टुकी नेपालका अध्यक्ष एवम् धादिङ ज्यामरुङ निवासी समाजसेवी कमल सापकोटाले धादिङका अनलाईन मिडिया हाउस र उक्त अनलाईनमा काम गर्ने पत्रकारहरुका लागि उक्त स्वास्थ्य सामाग्री सहयोग गरिएको बताउनु भयो ।
यस्तै टुकी नेपालले पत्रकार महासंघले संचालनमा ल्याएको आईशोलेसनको लागि २ सेट थर्मल गन, २ सेट अक्सिमिटर सहयोग गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar