२०८१ भाद्र २२, शनिबार
१४ जेठ,काठमाण्डौ – प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरु संवैधानिक इजलासमा सुनुवाइ गर्ने प्रक्रिया सुरु हुँदै छ ।
रिटमाथिको सुनुवाइका लागि शुक्रबार सर्वाेच्च अदालतमा संवैधानिक इजलास गठन हुँदैछ । संवैधानिक इजलासमा बस्ने न्यायाधीशको छनोट गरेपछि शुक्रबार नै इजलासमा रिटबारे सुनुवाइ गर्ने तयारी गरिएको छ ।
सरकारको सिफारिसमा गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटन विरुद्ध परेका सबै मुद्दाहरु संवैधानिक इजलासमा हेर्ने निर्णय बिहीबार सर्वोच्च अदालतले गरेको थियो । संवैधानिक इजलासमा रहने न्यायाधीशको छनोट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गर्नेछन् ।
संवैधानिक इजलासमा को – को रहन्छन् भन्ने चासो छ । यसअघि गत पुस ५ गते विघटन गरिएको संसदलाई संवैधानिक इजलासले खारेज गरिदिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar