१३ जेठ,काठमाण्डौ – कोरोना भाइरसविरूद्ध लगाउने खोप खरिदका लागि स्थानीय तहहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुमति मागेका छन् ।
काभ्रेको पाँचखाल नगरपालिकाले खोप खरिदका लागि मन्त्रालयसँग स्वीकृति मागेको छ । नगरले आफ्ना नागरिकका लागि ४० हजार डोज खोप आफैं खरिद गर्ने जनाउँदै मन्त्रालयलाई मंगलबार पत्र पठाएको मेयर महेश खरेलले बताए । नगरस्थित कोभिड व्यवस्थापन समिमिको बैठकले खोप खरीद स्वीकृति माग गरेको हो । मेयर खरेलका अनुसार मन्त्रालयले स्वीकृति दिए लगत्तै प्रक्रिया थालेर जेठ महिनाभित्रै आवश्यक खोप पाँचखालमा ल्याइनेछ ।
नगरमा १८ वर्ष माथिका करिब २० हजार नागरिक रहेकाले पहिलो र दोस्रो डोजका लागि ४० हजार डोज खोप खरीद गर्नुपर्ने छ । ‘नागरिककलाई बचाउन विकास बजेट काटेर भएपनि जसरीनै खोप किन्नैपर्ने आवश्यकता भैसक्यो । मन्त्रालयसँग यसबारे फलोअप पनि भइरहेको छ,’ उनले भने ।
पाँचखालमा कोभिडविरुद्धका ‘फ्रन्टलाइन’का स्वास्थ्यकर्मी तथा कर्मचारीले भने दुवै चरणका खोप लगाइसकेका छन् । पाँचखालमा कोरोनाको दोस्रो लहर शुरुपछि हाल १७७ पुरुषसहित ३२६ सक्रिय कोरोना सङक्रमित छन् भने चारले ज्यान गुमाइसकेका छन् । जसमध्ये नगरको आइसोलेसनमा ७, अस्पताल आइसोलेसनमा २ र होम आइसोलेसनमा १२३ सङ्क्रमित रहेका छन् । खरेलले नगरका कोरोना सङ्क्रमित अति विपन्न नागरिकलाई उपचार खर्चवापत हालैमात्र रु दश हजार घोषणा गरेका छन् भने आफ्नो नीजि गाडी पनि एम्बुलेन्सको रुपमा प्रयोग गर्न सहमति दिएका छन् ।
यस्तै गत आइतबार पाल्पाको रामपुर नगरपालिकाले आफनैं खर्चमा कोरोना विरुद्धको खोप खरिद गर्ने जनाउँदै मन्त्रालयलाई निवेदन दिएको थियो । मेयर रमणबहादुर थापाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयश त्रिपाठीलाई भेटेरै आफ्नो नगरका सम्पूर्ण नागरिकलाई कोरोनाविरुद्ध खोप लगाउन ५० हजार डोज खोप आवश्यकता भएकाले नगरकै स्रोतबाट खरिद गर्न मन्त्रालयले स्वीकृति दिनुपर्ने माग गरेका थिए ।
साथै स्याङ्जाको वालिङ नगरपालिकाले पनि सोमबार मन्त्रालयलाई पत्राचार गरी नगरमा हाल दोस्रो लहरको कोरोना सङ्क्रमण तीव्ररुपमा फैलिरहेसँगै नागरिकबाट खोपको माग भइरहेकाले खोप उपलब्ध गराउन आग्रह गर्दै उपलब्ध गराउन नसके नगरको आफ्नै खर्चमा मापदण्डअनुसार बाहिरी मुलुकबाट खरीद गर्नेगरी अनुमति दिलाईदिन अनुरोध गरेको छ ।
समयमै कोरोनाविरुद्धको खोप लगाएर स्वास्थ्य मापदण्ड अपनाउने हो भने धेरै नियन्त्रण गर्न सकिने आवाज नागरिकस्तरबाट समेत आउँदा दवाब महसुस भई आफैंले खरिद गरी नागरिकलालाई छिटोभन्दा छिटो खोप दिलाउन प्रक्रियागत ढङ्गले स्वीकृति मागिएको ती नगरले जनाएका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar