२०७९ जेष्ठ १४, शनिबार
७ जेठ,काठमाण्डौ – सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा १३.५५ प्रतिशतले घटेर ६ करोड २६ लाख ५३ हजार रुपैयाँ सिमित भएको छ । गत वर्ष यस कम्पनीले ७ करोड २४ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानीमा पनि गिरावट आएको छ । विद्युत् बिक्रीबाट आम्दानी एक करोड ७५ लाख रुपैयाँले घटेर १५ करोड ४ लाख रुपैयाँमा सिमित भएको छ । गत वर्ष कम्पनीले विद्युत बिक्री आम्दानीबाट १६ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
हाल चुक्ता पुँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६ करोड ३४ लाख ८१ हजार रुपैयाँ जम्मा गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) बढेर ११ रुपैयाँ ३९ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १०८ रुपैयाँ ६६ पैसा रहेको छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह