७ जेठ,काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका सांसदहरूको बैठक सिंहदरबारमा सुरु भएको छ ।
बिहिबार, राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन गर्न सांसदहरूलाई आह्वान गरेपछि ठाकुर र महतोपक्ष सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफलमा जुटेको हो ।
बैठक संसदीय दलका नेता महतोको अध्यक्षतामा बस्न लागेको हो । जसपाकै उपेन्द्र यादव – बाबुराम भट्टराईं पक्षले भने बैठकबारे आफूहरूलाई कुनै जानकारी नभएको बताएका छन् ।
उता जसपाको ठाकुर पक्ष ओलीलाई सर्मथन गर्ने पक्षमा उभिएको देखिन्छ भने बाबुराम उपेन्द्र याद पक्ष विपक्षी गठबन्धनमा छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar