२०७९ जेष्ठ १५, आईतबार
७ जेठ,काठमाण्डौ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु अहिले सिंहदरबारमा भेला भएका छन् ।
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ ९५० को सरकार बनाउन आह्वान गरेपछि पुनः तरंगित भएको नेपाल समूहले अहिले सिंहदरबारमा सांसदहरुको भेला बोलाएको हो ।
छलफलका लागि नेता नेपालसहित भीम रावल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, झपट रावल लगायत २० भन्दा बढी सांसदहरु सिंहदरबार पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ पाँच बजेसम्म संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका निम्ति समय दिएकी छन् ।
समय सकिदै जाँदा दलहरुले एकपक्षीय तथा बहुपक्षीय छलफल तीव्र बनाएका छन् ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह