२०७९ जेष्ठ ११, बुधबार
७ जेठ,नवलपरासी – नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य अभिषेक प्रताप शाह सवार कार नवलपरासीमा दुर्घटना भएको् छ ।
सांसद सवार बा १५ च ७५२३ नम्बरको कार आज शुक्रबार बिहान १० बजे नवलपरासी पूर्व नवलपुरको विनयीत्रिवेण १ स्थित् इलाका प्रहरी कार्यालय दुम्कीबास नजिकैमा दुर्घटना भएको हो ।
दुर्घटनापस्चात् कारमा सवार शाहसहित तिनै जनाको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । अहिले उनी दुम्कीबासको स्थानीय मेडिकलमा उपचाररत छन् ।
नयाँ सरकार गठनको लागि राष्ट्रपतिले आह्वान गरेपछि सृजित राजनीतिक अवस्थाको कारण उनी गृह जिल्लाबाट काठमाडौं जादै थिए ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह