२०८१ आश्विन १, मंगलबार
७ जेठ,काठमाण्डौ – इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले नगरस्तरीय आइसोलेसनका निम्ति निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ ।
काठमाडौंको चन्द्रागिरि नगरपालिकाले वडा ८ मा निर्मित नगरस्तरीय आइसोलेसन केन्द्रमा क्लासिक टेकले प्रशासनिक कार्य, बिरामी तथा कुरुवाका निम्ति निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको हो ।
उक्त आइसोलेसन सेन्टर सामाजिक अभियन्ता उत्तम कार्की र चन्द्रागिरि नपा ८ का वडा अध्यक्ष सन्तोष खड्काको नेतृत्वमा निर्माण गरिएको छ । आइसोलेसन सेन्टर सामुदायिक अस्पताल भवनमा बनाइएको छ । आइसोलेसन सेन्टरमा अक्सिजन सहितको ३० बेड क्षमता रहेको छ ।
आइसोलेसन केन्द्रका लागि क्लासिक टेकले कर्पोरेट तहको उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराएको जनाएको छ । यहाँ एकैपटकमा एक सय जनासम्मले सजिलै इन्टरनेट सेवा उपयोग गर्न सक्ने बताइएको छ।
आइसोलेसनमा रहेका संक्रमितलाई घर परिवारसँग भर्चुअल्ली कुराकानी गर्न अवसर मिल्ने र कुरुवालाई समेत सहज बनाउने उदेश्यले क्लासिक टेकले आइसोलेसन केन्द्रमा इन्टरनेट जडान गरेको जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar