२०८१ आश्विन १, मंगलबार
७ जेठ,काठमाण्डौ – नेपाली काँग्रेसले राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन चार दलका नेताहरुसंग निर्णायक छलफल गर्ने तयारी गरेको छ ।
शुक्रबार काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको काँग्रेस पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले, राष्ट्रपति र प्रधानमन्त्रीबाट एकपछि अर्को गैरसंवैधानिक कार्य भएको भन्दै यस्तो निष्कर्ष निकालेको हो । काँग्रेस पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकमा सभापति देउवाले सरकारको असंवैधानिक कदमविरुद्ध एकजुट भएर लाग्नुपर्ने भन्दै यसबारे अन्य दलसँग पनि छलफल गरिने बैठकमा ब्रिफिङ गरेका थिए ।
सोहि अनुसार अहिले काँग्रेसले राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन चार दलका नेताहरुसंग निर्णायक छलफल गर्ने तयारी गरेको हो ।
देउवाले आजै मध्यान्ह १२ बजे चार दलका चार नेताबीच छलफल हुन लागेको जानकारी गराएको काँग्रेस सहायक महामन्त्री सुनिल थापाले बताए । उनका अनुसार काँग्रेससहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका नेता माधव कुमार नेपाल र जसपाका उपेन्द्र यादवसहितको बैठक बस्दैछ । सो बैठकले निकाल्ने निष्कर्षका आधारमा अघि बढिने उनको भनाइ ।
काँग्रेस भने तत्काल सबै दल मिलेर राष्ट्रपतिलाई महाभियोग लगाइनुपर्ने र सँगसँगै संसद सचिवालयमा ओलीमाथि अविश्वास प्रस्ताव ल्याइनुपर्ने पक्षमा रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar