• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० मंसिर २२, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

यू–१९ एसिया कपमा पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित

१५ मिनेट अघि
२

महिला तथा बालबालिका विभाग खारेज गर्ने सरकारको निर्णय

३५ मिनेट अघि
३

मौद्रिक नीति समीक्षाबाट कर्जा विस्तारमा सहज हुनेछः गभर्नर

१ घण्टा अघि
४

बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

२ घण्टा अघि
५

कैलाली पुगेका प्रधानमन्त्री दाहालले भेटे विपिन जोशीका अभिभावकलाई

२ घण्टा अघि
६

एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

२ घण्टा अघि
७

एनसेल प्रकरण: मंसिर २५ गते प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्ने

२ घण्टा अघि
८

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

३ घण्टा अघि
९

एनसेल प्रकरणमा प्रधानमन्त्रीलाई बोलाएर सोधपुछ गर्नुपर्छः सांसद पाण्डे

३ घण्टा अघि
१०

नागढुंगाबाट २ किलो अवैध सुनसहित तीन जना पक्राउ

३ घण्टा अघि
११

एनसेल प्रकरणमा छानबिन गर्न बनाइएको समितिमाथि निगरानी राख्नुपर्छः गगन थापा

४ घण्टा अघि
१२

त्रिभुवन विमानस्थलबाट बरामद १४ किलो सुनको छानबिन गर्न समिति गठन

४ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • saroj yadav and rajendra sir १

    मधेस प्रदेशका मुख्यमन्त्री यादव र एकीकृत समाजावदीका उपाध्यक्ष पाण्डेबीच भेटवार्ता

    ४ हफ्ता अघि
  • mcc with CPN US photo २

    १२ बुँदे व्याख्यात्मक घोषणा अनुसार काम गर्न एमसिसि परियोजनालाई एकीकृत समाजवादीको निर्देशन

    १ हफ्ता अघि
  • ain mahar photo ३

    एमाले नेता ऐन महरको महिलासंगको यौन सम्बन्धी विवाद सामाजिक सञ्जालमा भाईरल : अडियोसहित

    १ हफ्ता अघि
  • aarati lama annfsu ४

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    १ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ५

    महाधिवेशनको मिति तय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ५ दिन अघि
  • cpn us sachiwalaya baithak ६

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै : यी हुन् बैठकका एजेण्डा

    ४ दिन अघि
  • salikram bhote ७

    बागमती प्रदेशमा सर्वदलिय बैठक बस्दै : राजनीतिक अवस्था र संसदीय समिति गठनका विषयमा छलफल हुने

    ५ दिन अघि
  • baburam bhattarai with prachanda ८

    माओवादी केन्द्रसँग पार्टी एकता गर्दै बाबुराम भट्टराई

    २ हफ्ता अघि
  • tiktok ९

    नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

    ३ हफ्ता अघि
  • टेक्नो-मोबाइल १०

    टेक्नो मोबाइलका दुई नयाँ फोन बजारमा

    २ हफ्ता अघि
  • असार लागेपछि घट्छ कोरोना

    प्रकाशित मिति: २०७८ जेष्ठ ६, बिहिबार (२ साल अघि)
  • ११०५ पाठक संख्या
  • dr janak

    अहिले खासमा परीक्षण पुगेको छैन । २० हजार परीक्षण गर्दा पनि ४० प्रतिशत माथि छन् । यसले टेस्ट नपुगेको देखाउँछ । जो लक्षणयुक्त छन्, उनीहरूको परीक्षण भइरहेको छ । लक्षण नभएका परीक्षण नगर्ने कति छन् कति छन् । मलाई रुघा भएको ठीक भयो भन्छन् तर अरूलाई सार्छन् । पहिलो १० हजार हुँदा एक हजार अस्पताल जान्थे भने अहिले एक लाख हुँदा १० हजार अस्पताल जान्छन् ।

    अहिले आएको कोरोना भाइरस युके भेरियन्टको गति र शक्ति दुवै बढेको देखियो । यो चाँडो मान्छेको शरीरमा पसेर चाँडै मल्टिप्लाइ (वृद्धि) हुँदो रहेछ । पहिले चाहिँ मान्छे सात दिनमा बिरामी पर्थे भने अहिले तीन÷चार दिनमै धेरै बिरामी पर्ने अवस्था बनाएको छ । भाइरस छिटो मल्टिप्लाइ भएकाले हाम्रो शरीरको रोगप्रतिरक्षात्मक प्रणालीले त्यसविरुद्ध लड्न समय पाएन । पहिले त हाम्रो रोगप्रतिरोधी क्षमताले समय पाउँथ्यो । तर, अहिले समय नै नदिई भाइरस बढ्ने हुनाले छिटो लक्षण देखापर्ने र गाह्रो पनि बढी हुने भयो । पहिले ६० वर्ष भन्दा माथिको उमेरकालाई बढ्ता देखिन्थ्यो । दीर्घरोगीलाई बढी समस्या पाथ्र्यो । युवाहरूमा लक्षणविहीन हुन्थ्यो । अहिले भाइरस छिटो वृद्धि हुने भएकाले जवानलाई पनि लक्षण देखापर्न थाल्यो ।

    भाइरसको म्युटेसन भनेको के हो, म्युटेसनबाट कसरी यसले शक्ति आर्जन गर्छ ? भन्ने बुझ्नु जरुरी छ । म्युटेसनले धेरैलाई कन्फ्युजन गराउँछ । फिल्ममा राक्षसमा परिणत हुने देखाउँछ नि, यसले पनि धेरैलाई अलमल्याउँछ । मान्छेको एउटा कोषबाट अर्को कोष दुरुस्तै बन्छ । जस्तोः कलेजो बन्ने सेलबाट कलेजो बन्छ, मुटु बन्नेबाट मुटु बन्छ तर भाइरसको चाहिँ ठ्याक्कै त्यस्तो हुँदैन । उनीहरूको जिन रेप्लिकेसन हुने वा एउटा भाइरसबाट अर्को भाइरस बन्ने प्रक्रियामा एउटा मात्रै गल्ती भयो भने अर्कै खालको बन्छ । त्यो कहिलेकाहिँ बलियो बन्छ, कहिलेकाहीँ कमजोर बन्छ । युके भेरियन्ट त्यसरी नै बनेको हो । सामान्य भाषामा भन्नुपर्दा हामीले लेख्दाखेरि एउटा अक्षर मात्रै उल्टोपाल्टो लेखियो भने अर्थ अर्को लाग्छ । जिन पनि एउटा लेटरजस्तै हो । कोडिङ फरक पर्दा अर्कैै खालको बन्छ । यसरी छिटो वृद्धि हुने खालको भाइरस बनेको हो ।

    महामारी पहिलोपल्ट सानो पपुलेसनमा र फेरि फेरि ठूलो हुन्छ । दोस्रो वेभ ठूलो भएर आउँछ भनेर विज्ञले चेतावनी दिइरहेका थिए । हामीले नोभेम्बरमै भनेका थियौँ । हामीले आइसोलेसन बढाउनुपर्छ भनेर सिसिएमसीमै भनेका थियौँ । डिसेम्बरपछि केस लोड घटेर गयो । सयदेखि दुई सय हुन थाल्यो । सबैको रुचि हराएर गयो । हामीले पनि ध्यान दिन छाड्यौँ । नेपालीको रोग प्रतिरक्षा प्रणाली बलियो रहेछ, हामीलाई त कोरोना संक्रमण नहुने रहेछ भन्ने लाग्यो धेरैलाई । यसप्रतिको जागरुकता हराएर गयो ।

    पहिलेको भन्दा धेरै सिरियस बनाउने होइन । छिटो फैलिएको कारण धेरैलाई यो रोग लागेको छ । धेरैलाई रोग लागेपछि अक्सिजन चाहिने पनि धेरै भए । उदाहरणका लागि गएको वर्ष १० प्रतिशत भनेको पाँच सय जना हुन्थे भने यसपल्ट पाँच हजार जना हुन् । १० प्रतिशत अस्पताल जाने जनसंख्या हो, त्यो बढेको छ । अहिले खासमा परीक्षण पुगेको छैन । २० हजार परीक्षण गर्दा पनि ४० प्रतिशत माथि छन् । यसले टेस्ट नपुगेको देखाउँछ । जो लक्षणयुक्त छन्, उनीहरूको परीक्षण भइरहेको छ । लक्षण नभएका परीक्षण नगर्ने कति छन् कति छन् । मलाई रुघा भएको ठीक भयो भन्छन् तर अरूलाई सार्छन् । पहिलो १० हजार हुँदा एक हजार अस्पताल जान्थे भने अहिले एक लाख हुँदा १० हजार अस्पताल जान्छन् । त्यही अनुपातमा अक्सिजन चाहिन्छ ।

    कोरोना भाइरसले शरीरमा प्रवेश गरेपछि कसरी हानी गर्छ ? भन्ने बुझ्नुपर्छ । रुघाको भाइरस नाक र घाँटीमै रहन्छ । त्यहीँ संक्रमण गर्छ र निको भएर जान्छ । यो भाइरस फोक्सोको एफिनिटी स्पाइक प्रोटिन जहाँ हुन्छ, त्यहीँ जान्छ । फोक्सोको कोषमा बढ्ता हुन्छ । नाक र घाँटीमा थोरै रहन्छ । नाक र घाँटीमा पहिलो हप्ता ख्याँकखुक हुन्छ । दोस्रो हप्ता फोक्सोमा पसिसक्दो रहेछ । यसले साह्रो पार्दैन । दोस्रो फेज एक हप्ता नाघेपछि हाम्रो शरीरको प्रतिरक्षा प्रणाली जुन छ, त्यसैले फोक्सोभित्र रहेको भाइरस मार्नका लागि आफ्नै शरीरलाई अट्याक गर्छ । फोक्सो सुनिएर जान्छ । पानी भरिन्छ, श्वासप्रश्वास गाह्रो हुन्छ । रुघाखोकीको भाइरसभन्दा त्यही फरक हो । त्यही भएर धेरैलाई निमोनिया भइहाल्छ ।

    हामीले उपचार प्रक्रियामा दुई विधि प्रयोग गरेका छौँ, एउटा रेम्डेसिभिर अर्को प्लाज्मा । त्यो दुईटाको काम फरक छ । रेम्डेसिभिरको काम भाइरस बढ्ने क्रम रोक्ने हो । भाइरस बढेन भने हाम्रो शरीरले भाइरसलाई मारेर निको पार्छ । प्लाज्माको काम भाइरस मार्ने भन्दा पनि त्यसलाई न्युट्रलाइज गर्ने हो । बिरामी भएर निको भइसक्छ । प्लाज्मा दिँदा त्यही एन्टिबडी दिएको हो । एन्टिबडी छुट्याउन् टेक्निक नभएकाले प्लाज्मा नै दिन्छौँ । एन्टिबडीले भाइरस वृद्धि हुनबाट रोक्छ । अहिलेको अनुसन्धान हेर्दा रेम्डेसिभिरको प्रभाव राम्रो देखिएको छ । तर, डब्लुएचओले अध्ययन गर्दा के देखिएन भने मृत्यु हुनबाट जोगाउन सक्दैन, १४ दिनमा निको हुन्थ्यो भने ११ दिनमै निको पा¥यो । भन्नाले अस्पताल बसाइँ घटायो । रेम्डसिभिर एउटैले मात्रै नभई स्टेरोइड पनि दिने गरिएको छ । यी दुइटाको प्रयोगले राम्रो देखिएको छ ।

    प्लाज्मा एक्लैले निको पार्दैैन । हामीकहाँ भेन्टिलेटर र आइसियुमा पुगेपछि प्लाज्मा दिने चलन छ । त्यसमा त्यति प्रभावकारी देखिएन, तर सुरुकै हप्तामा दिँदा फाइदा हुने रहेछ । त्यसले भाइरस बढ्न दिँदो रहेनछ । प्लाज्मामा कत्तिको एन्टिबडी छ ? धेरै मात्रामा एन्टिबडी छ भने फाइदा दिन्छ । धेरै एन्टिबडी छैन भने काम गर्दैन । त्यसैले चेक गरेर दिनु भनिएको छ । भारतमा जुन हिसाबले घटेर फेरि बढ्यो नि, त्यसले हामीलाई डर लागेको छ । किनभने भारत र नेपालको स्थिति उस्तै छ । भन्दा हामी भारतमा चार लाख र नेपालमा आठ हजार भन्छौँ तर त्यसलाई प्रति १० लाखमा कुरा गर्ने हो भने उनीहरूको १९ सय छ, हाम्रो १७ सय छ । झन्डै इन्डियालाई भेटिसकेको छ । अहिले लकडाउन गरेका छौँ । सबै डराएका छन् । अहिलेको स्थिति हेर्दा पिकतिर जान थालेको जस्तो देखिन्छ । सामान्यतया लकडाउन गरेको दुईदेखि तीन हप्तापछि घट्न थाल्छ । लकडाउनले रोक्छ भन्ने होइन, स्लो डाउन गर्ने हो । ताकि अस्पताल नभरिऊन्, अक्सिजन पाइयोस् । एकैचोटी पिकमा पुग्ने भन्दा विस्तारै पिकमा पुग्दा व्यवस्थापन सजिलो हुन्छ । पश्चिमी देशको अवस्था हेर्दा दुईदेखि तीन महिना लागेको देखिन्छ । दुई महिनामा हाम्रो घट्न सक्छ । जेठ १५ देखि ३० मा तल आएको देख्न सकिन्छ । पूरै नखोले पनि बन्द कम गराउन सकिन्छ । संक्रमण रहिरहन्छ । तेस्रो वेभ आउँछ अर्को वर्ष ।

    भ्याक्सिन विभिन्न तरिकाले बनाइएको छ । अहिलेसम्मको प्रभावकारी भनेको अमेरिकामा बनाइएको फाइजर र मोडेर्नाको भ्याक्सिन हो । नयाँ टेक्नोलोजी हो । त्यसलाई आरएनए टेक्नोलोजी भन्छिन्, प्रभावकारिता ९४ प्रतिशत देखिन्छ । त्यसबाट अस्पतालमा राख्ने र गम्भीर हुन कम हुन्छ । कोभिसिल्डको रिसर्चमा इंग्ल्यान्डमा ६२ प्रतिशत, अर्को ठाउँमा ७३ प्रतिशत र अमेरिकामा ८० प्रतिशत देखिएको थियो । नेपालमा कत्तिको प्रभावकारी छ भन्ने हेर्न सकिएको छैन । पहिलो भ्याक्सिन दिएपछि ४० देखि ५० प्रतिशत प्रभावकारी हुन्छ । दोस्रो दिएपछि औसतमा ७० प्रतिशत हुन्छ । अझ पनि सय मा ५० जनालाई लाग्छ । मृत्यु हुनेचाहिँ कम हुन्छ । दोस्रो दिएपछि ३० जनालाई लाग्छ । त्यसमा मृत्यु र गम्भीर बिरामी पर्ने सम्भावना निकै कम हुन्छ । भ्याक्सिन लगाएर तुरुन्तै काम हुँदैन । लगाएको दुईदेखि चार हप्तामा मात्रै यसले काम गर्न थाल्छ । हाम्रोमा दोस्रो भ्याक्सिन लगाएकोलाई तुरुन्तै भयो । भ्याक्सिन लगाएको ठाउँमै एक्सपोजर भयो कि अन्त कतै भयो भनेर हेर्न बाँकी नै छ । भ्याक्सिन लगाएको दुईदेखि चार हप्तापछि पनि कम हुन्छ ।

  • subhayug
  • डा. जनक कोइराला
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • यू–१९ एसिया कपमा पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित

  • महिला तथा बालबालिका विभाग खारेज गर्ने सरकारको निर्णय

  • मौद्रिक नीति समीक्षाबाट कर्जा विस्तारमा सहज हुनेछः गभर्नर

  • बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु


  • समाचार
  • १

    यू–१९ एसिया कपमा पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित
    १५ मिनेट अघि

  • २

    महिला तथा बालबालिका विभाग खारेज गर्ने सरकारको निर्णय
    ३५ मिनेट अघि

  • ३

    मौद्रिक नीति समीक्षाबाट कर्जा विस्तारमा सहज हुनेछः गभर्नर
    १ घण्टा अघि

  • ४

    बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
    २ घण्टा अघि

  • ५

    कैलाली पुगेका प्रधानमन्त्री दाहालले भेटे विपिन जोशीका अभिभावकलाई
    २ घण्टा अघि

  • ६

    एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य
    २ घण्टा अघि

  • ७

    एनसेल प्रकरण: मंसिर २५ गते प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्ने
    २ घण्टा अघि

  • ८

    जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ
    ३ घण्टा अघि

  • ९

    एनसेल प्रकरणमा प्रधानमन्त्रीलाई बोलाएर सोधपुछ गर्नुपर्छः सांसद पाण्डे
    ३ घण्टा अघि

  • १०

    नागढुंगाबाट २ किलो अवैध सुनसहित तीन जना पक्राउ
    ३ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    aarati lama annfsu
    १ हफ्ता अघि

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकी राष्ट्रपति बाइडेनकी विशेष सहायक र प्रधानमन्त्री दाहालबीच विचारविमर्श

    शुभयुग सम्वाददाता
    २

    तालिबान राजदूतलाई आधिकारिक मान्यता दिने पहिलो देश बन्यो चीन

    शुभयुग सम्वाददाता
    ३

    करणी सेनाका राष्ट्रिय अध्यक्ष सुखदेव सिंहको गोली हानी हत्या

    शुभयुग सम्वाददाता
    ४

    भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution